logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • आम्दानी घटेपछि एनएमबि लघुवित्तको नाफा ऋणात्मक

    आम्दानी घटेपछि एनएमबि लघुवित्तको नाफा ऋणात्मक

    1.2K
    SHARES
    आम्दानी घटेपछि एनएमबि लघुवित्तको नाफा ऋणात्मक

    काठमाण्डाै । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार सो अवधिसम्ममा लघुवित्तको खुद नाफा ऋणात्मक रहेको छ।



    चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ८० लाख १० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी, कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा घटेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो।

    समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २२.५० प्रतिशत घटेको छ भने फि, कमिशन तथा डिस्काउण्ट ४५.८९ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २४.५३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ८१ लाख ७७ हजार रुपैयाँ ऋणात्मक रहेको छ। निष्क्रिय कर्जा २.३१ प्रतिशतविन्दु बढेर ५.६८ प्रतिशत पुगेसँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ५५ लाख रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा ऋणात्मक हुन पुगेको हो।

    नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४ रुपैयाँ ८९ पैसा ऋणात्मक रहेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ २४ पैसा रहेको छ। समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २१.५० प्रतिशत बढेको छ भने जगेडा कोष ८.८८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा लघुवित्तको सापटी ४.९२ प्रतिशत बढेको छ भने निक्षेप ४.१० प्रतिशत र कर्जा ५.०५ प्रतिशत बढेको छ।


    अर्थ चाैतारी
  • सोमबार, २८ कात्तिक २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट