logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • लघुवित्तको लाभांश वितरणको ३० प्रतिशतको क्याप हट्यो

    लघुवित्तको लाभांश वितरणको ३० प्रतिशतको क्याप हट्यो

    1.2K
    SHARES
    लघुवित्तको लाभांश वितरणको ३० प्रतिशतको क्याप हट्यो

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्तको लाभांश वितरणमा लगाएको ३० प्रतिशतको क्याप (अधिकतम सीमा) हटाएको छ । राष्ट्र बैँकले सोमबार लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशिका, २०७८ मा संशोधन गर्दै यसअघिको ३० प्रतिशतको नगद लाभांशको सीमा खारेज गरेको हो ।



    यसअघि लघुवित्त वित्तीय संस्थाहरूलाई वितरणयोग्य नाफाको ३० प्रतिशतभन्दा माथि नगद लाभांश वितरण गर्ने सुविधा थिएन । यद्यपि, संशोधित निर्देशनले वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गर्न चाहने लघुवित्त वित्तीय संस्थाले २० प्रतिशतभन्दा माथिको लाभांश प्रस्ताव गरेमा सो लाभांशको ५० प्रतिशत बराबरले हुन आउने रकम साधारण जगेडा कोषमा अनिवार्य जम्मा गर्नुपर्ने जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १२ मंसिर २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट