logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • आशा लघुवित्तका महिला सदस्यलाई निःशुल्क सीपमूलक तालिम

    आशा लघुवित्तका महिला सदस्यलाई निःशुल्क सीपमूलक तालिम

    741
    SHARES
    आशा लघुवित्तका महिला सदस्यलाई निःशुल्क सीपमूलक तालिम

    काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले संस्थामा आबद्ध महिला सदस्यलाई दुईदिने सीपमूलक तालिम प्रदान गरेको छ। मंसिर ७ गतेदेखि पुस २० गतेसम्म संस्थाको मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशअन्तर्गत रहेका २१ वटा शाखा कार्यालयमार्फत २ दिने सीपमूलक तालिम सञ्चालन गरिएको छ।



     

    वित्तीय संस्थाले शाखा कार्यालयहरुमा आबद्ध सदस्यमध्ये १ हजार ८५ जना महिला सदस्यलाई निःशुल्क रुपमा लुगा धुने सर्फ, झोल साबुन, अचार, स्याम्पु, ह्यान्डवास, टीका–बिन्दी, चुरा–गहना, कुसन तथा भाडा माझ्ने साबुन बनाउने तालिम प्रदान गरेको हो। तालिममा वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएकी थिइन्। तालिमबाट सहभागीले कम लागतमा विभिन्न सामान उत्पादन गर्ने तरिका, बजारीकरणलगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए।

     

    हालसम्म संस्थाले विभिन्न शाखा कार्यालयमार्फत झन्डै ३ हजार ७८५ जना विपन्न महिलाहरुलाई यस प्रकारका निःशुल्क सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ। वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिम सम्पूर्ण शाखा कार्यालयबाट सञ्चालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे।

     

    यसका साथै यस कार्यक्रमपश्चात सदस्यहरुको लघु व्यवसायमा वृद्धि भई उक्त क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास दुलालले व्यक्त गरे।


    अर्थ चाैतारी
  • विहिबार, २१ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट