logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • आजको मौसम : थोरै स्थानमा हिमपातको सम्भावना

    आजको मौसम : थोरै स्थानमा हिमपातको सम्भावना

    806
    SHARES
    आजको मौसम : थोरै स्थानमा हिमपातको सम्भावना

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।



     

    प्रदेश न. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

     

    राती भने देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २३ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट