logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • जनउत्थान लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरूलाई १५ प्रतिशत बोनस सेयर दिने

    जनउत्थान लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरूलाई १५ प्रतिशत बोनस सेयर दिने

    780
    SHARES
    जनउत्थान लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरूलाई १५ प्रतिशत बोनस सेयर दिने

    काठमाण्डौ । जनउत्थान लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरूलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर दिने प्रस्ताव गरेको हो ।



     

    असार मसान्तसम्मको अवधिमा कम्पनीको चुक्ता पुँजी १४ करोड ७९ लाख रुपैयाँ रहेको थियो । यसको १५ प्रतिशतका दरले २ करोड २१ लाख ८५ हजार रुपैयाँ हुन आउँछ ।

     

     

    यस्तै, कर प्रयोजनका लागि भनेर कम्पनीले ०.७८९५ प्रतिशत दिने भएको छ । यो भनेको ११ लाख ६७ हजार रुपैयाँ हुन आउँछ ।कम्पनीको २००औँ सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लागू हुने छ ।

     


    अर्थ चाैतारी
  • मंगलबार, २ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट