logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • जीवन विकास लघुवित्तले ३७.३६ प्रतिशत लाभांश वितरण गर्ने 

    जीवन विकास लघुवित्तले ३७.३६ प्रतिशत लाभांश वितरण गर्ने 

    676
    SHARES
    जीवन विकास लघुवित्तले ३७.३६ प्रतिशत लाभांश वितरण गर्ने 

    काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको ३७.३६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।



     

    उक्त घोषणा फागुन ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २८ प्रतिशत बोनस र ९.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) प्रस्ताव गरेको हो ।

    प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरी संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी २८ करोड ९५ लाख रुपैयाँ छ । प्रस्तावित बोनस सेयर पारित पश्चात संस्थाको चुक्ता पुँजी ३७ करोड नाघ्ने छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ९ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट