logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • लघुवित्तले कर्जाको अधिकतम ब्याजदरको ५० प्रतिशत निक्षेपमा प्रदान गर्नुपर्ने

    लघुवित्तले कर्जाको अधिकतम ब्याजदरको ५० प्रतिशत निक्षेपमा प्रदान गर्नुपर्ने

    676
    SHARES
    लघुवित्तले कर्जाको अधिकतम ब्याजदरको ५० प्रतिशत निक्षेपमा प्रदान गर्नुपर्ने

    काठमाण्डौ । केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत ब्याजदर निक्षेपमा दिनुपर्ने व्यवस्था गरेको छ ।



    बैंकले बुधबार लघुवित्त संस्थाका लागि एकीकृत निर्देशन, २०७८ लाई संशोधन गर्दै निक्षेप÷बचतको ब्याजदरको नयाँ व्यवस्था गरेको हो ।

     

    निर्देशन नं. १५/०७८ को बुँदा नं २ थप गरी क्रमसंख्या मिलान गर्दै राष्ट्र बैंकले भनेको छ, ‘लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेप/बचतको न्यूनतम ब्याजदर तय गर्नुपर्नेछ ।’

    यसको मतलब लघुवित्त संस्थाले जुन दरमा कर्जा प्रवाह गर्ने हो । त्यसको कम्तीमा ५० प्रतिशत ब्याज साधारण बचतमा बचकर्तालाई ब्याज प्रदान गर्नुपर्नेछ । यसअघि यस्तो ब्याजदरको व्यवस्था थिएन ।

    यद्यपि, लघुवित्तले प्रभाबह गर्ने कर्जाको ब्याजदरको अधिकतम सीमा भने १५ प्रतिशत तोकिएको थियो ।


    अर्थ चाैतारी
  • विहिबार, ११ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट