logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सिन्सियर सेभिङ्ग एण्ड को–अपरेटिभ भाग ३ः

    सिन्सियरको लागानी २० बर्ष पुराना ट्याक्सीमाः बचतकर्तालाई झुलाउँदै, संचालक रमाउँदै

    सिन्सियरको लागानी २० बर्ष पुराना ट्याक्सीमाः बचतकर्तालाई झुलाउँदै, संचालक रमाउँदै

    871
    SHARES
    सिन्सियरको लागानी २० बर्ष पुराना ट्याक्सीमाः बचतकर्तालाई झुलाउँदै, संचालक रमाउँदै

    काठमाण्डाै । यतिखेर देशैभरको सहकारीको अवस्था नाजुक बनेको छ । सरकारले जनतालाई केही सहयोग पुगोस् भनेर खोलेको सहकारीले उनीहरुको बिचल्ली बनाएको छ । सहकारीका कारण सर्वसाधारणहरु तनावमा छन् । सर्वसाधारणको थोरैथोरै बचत जम्मा गरेर उनीहरुलाई राहत पुर्याउने उद्धेश्यका साथ सरकारले खोल्न दिएका सहकारीहरु ठ्याक्कै उल्टो बाटो हिँडेका छन् । त्योमध्ये एक राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड को–अपरेटिभ लिमिटेड पनि हो ।



    २३ वर्षअघि दर्ता भएको सिन्सियर पनि डुब्ने अवस्थामा पुगिसकेको छ । २१ वर्ष पूराना थोत्रा ट्याक्सीमा लगानी गरेको सिन्सियरले बचतकर्तालाई बिल्लीबाठ बनाउने निश्चित छ । सिन्सियरले एउटा ट्याक्सीबाट १४ देखि १६ लाख कर्जा उठाउनु छ । तर, सरकारले २० वर्षे पूराना ट्याक्सीहरु विस्थापन गर्ने निर्णय गरिसकेको छ । २०७१ भदौ २६ गतेको मन्त्रिपरिषद्को बैठकले त्यस्ता थोत्रा ट्याक्सी बाटोमा गुड्न नदिने निर्णय गरिसकेको छ । २०७१ फागुन १८ गते सो निर्णय कानुन बनेर राजपत्रमा प्रकाशित भइसकेको छ ।

    २०७२ चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले २०७३ फागुन १७ गतेदेखि बागमती प्रदेशबाट हटाउने र २०७४ चैत १ गतेबाट देशैभरिबाट विस्थापन गर्ने निर्णय गर्यो । जुन कार्यान्वयनमा गइसकेको छ । २० वर्षे गाडीको नामसारी सरकारले रोक्का गरिसकेको छ । ६–६ महिनाको जाँचपाँस, रोड परमिट, नामसारी, प्रदुषण चेकजाँच, बिलबुक नविकरण हुँदैन् । राज्यले कर पनि लिँदैन् । त्यस्ता गाडी बाटामा चल्न पाँउदैन् । ट्रफिकले समात्छ । अन्त्यमा बेच्ने कबाडीलाई हो ।

     

    त्यो गाडी बेच्दाखेरि १५ देखि २० हजार रुपैयाँ आँउछ । तर, सिन्सियरले झण्डै सात सय वटा ट्याक्सीबाट लाखौं रुपैयाँ उठाउनु छ । सिन्सियरको लगानी डुबिसकेको छ भन्ने त यहीबाट स्पष्ट हुन्छ । यस संस्थाले साँढे आठ सय वटा ट्याक्सीमा कर्जा लगानी गरेको छ । बाँकी डेढ सय वटा १६ देखि १८ मोडलका रहेका छन् । बजारमा २२ देखि २५ लाखमा १६ मोडलका ट्याक्सी खरिदबिक्री हुन्छ । सिन्सियरले घुस खाएर त्यति नै कर्जा लगानी गरेको छ ।

    अहिले बजारमा २०००, २००३, २००४ मोडलको ट्याक्सीको किनबेच नै छैन् । यी गाडी २० वर्ष कटिसकेको छ । २००० मोडलको ट्याक्सी २३ वर्ष लागिसकेको छ । २००३ मोडलको २१ र २००४ मोडलको १९ पुगेर २० वर्ष लागिसकेको छ । यी गाडीहरु न किनबेच हुन्छ । न रोड परमिट, जाँचपास, बिलबुक नवीकरण, नामसारी हुन्छ न बाटोमा गुड्न नै पाउँछ । म्याद पुगेको कबाडी ट्याक्सीमा सिन्सियरको करोडौं रुपैयाँ लगानी छ । सिन्सियरको लगानी कहाँ छ ? भन्ने त अहिले खुलस्त भइसकेको छ ।

     

    जसका कारण आफ्नो पैसा निकाल्न जानेको भीड सिन्सियरमा छ । यता, बचतकर्ताले डिपोजिट गर्न पनि छोडिसकेका छन् । सिन्सियर डुबेको कुरा बचतकर्ताले पनि थाहा पाए, सर्वसाधारणले पनि थाहा पाए । सरकारले हरियो माइक्रोबस र ग्याँसबाट चल्ने टेम्पुको सट्टाभरानामा विद्युतबाट चल्ने ट्याक्सी दिने निर्णय गर्यो । यी दुई सवारीको सट्टामा १३ सयदेखि १५ सय नयाँ ट्याक्सी थपिने ट्याक्सी व्यवसायीहरुको भनाइ छ । सरकारले यातायातमा अन्य मुलुकजस्तै प्रणाली लागु गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ ।

     

    कम्पनी खोलेर लक्जरियस् ट्याक्सी चलाउने सरकारको निर्णय छ । हालसम्म नेपालमा व्यक्ति आफैंले ट्याक्सी किनेर सञ्चालन गर्दै आएका छन् । सरकारले व्यक्तिमार्फत ट्याक्सी सञ्चालन गर्न नदिने र कम्पनीमार्फत चलाउने मापदण्ड बनाएको छ । योसंगै नयाँ ट्याक्सी खुल्ने प्रक्रिया तीव्र रुपमा अघि बढेको छ । एसी भएका लक्जरियस् ट्याक्सी चलाउँदा शहरको सुन्दरता बढ्ने, दुर्घटना कम हुने र प्रदुषण पनि घट्ने भएकाले सरकारको यो निर्णय स्वागतयोग्य छ ।

    सिन्सियरका तीन हर्ताकर्ताको सम्पत्ति छानबिन गर्नुपर्ने पीडितहरूको माग ! 

    यता, यात्रुले पैसा तिरेर राम्रो ट्याक्सी चढ्न पाँउछन् । अहिले सञ्चालन भएका ट्याक्सी सबै ७९६ सिसीको छ । सलाईको बट्टा आकारका ट्याक्सी उपत्यकाबाहिर गएर फर्किन सक्दैन् । तीन जना मोटामोटा मान्छे बस्यो भने उकालोमा तान्न सक्दैन् । ट्याक्सी यात्रुले भनेको ठाँउमा जान मान्दैन् । सरकारले मीटर जडान गरेको छ तर ट्याक्सी व्यवसायी त्यसअनुरुप चल्दैनन् । ट्याक्सी चढेका यात्रुलाई ट्याक्टरमा बसेझैं अनुभूति हुन्छ । कम्पनमिार्फत चलाउँदा ट्याक्सी चालकले ठग्न पनि पाँउदैन् ।

    अहिले जथाभावी भाडा उठाउने गरिएको छ । यता, ट्याक्सी चालकको बोलीबचन पनि राम्रो छैन् । कम्पनीमार्फत ट्याक्सी चलाउँदा परमिट पनि बढाउने भनिएको छ । अहिले रोड परमिट उपत्यकामा मात्र छ । यसलाई बढाएर ५० किमि बनाउने सरकारको निर्णय छ । सरकारले मापदण्ड बनाएर नयाँ ट्याक्सीको दर्ता शुरु गर्नेबित्तिकै अहिले सञ्चालनमा रहेका ट्याक्सीहरु सोत्तर हुन्छ । २५ लाखमा खरिदबिक्री भइरहेको १६ देखि १८ मोडलको ट्याक्सी सातदेखि आठ लाखमा आँउछ ।

    नयाँ ट्याक्सीको दर्ता नखोलिदिँदा नै ट्याक्सीमा बेतिथि आएको हो । यता, ट्याक्सीको मुल्य बढ्नुको कारण पनि यही हो । २०७२ जेठ २८ गते सरकारले १८ सय ५० नयाँ ट्याक्सीको दर्ता खोलेको थियो । त्यतिखेर अटोशोरुमले १६ देखि १८ मोडलको ट्याक्सी १५ लाखमा बेचेको हो । १५ लाखमा किनेको ट्याक्सी भाडामा लगाएर वा आफैंले चलाएर अहिलेसम्म ५० लाखभन्दा माथि कमाइसकेका छन् । एउटा ट्याक्सीले दिनको चारदेखि पाँच हजार रुपैयाँ आम्दानी गर्छ ।

    यत्रो कमाइसक्दा पनि ती थोत्रा ट्याक्सीको हालको बजारी मूल्य २५ लाख छ । कारण के ? सरकारले नयाँ ट्याक्सीको दर्ता खोलिदिएन् जसको कारण मूल्य स्वाटै उकालो लाग्यो । २०७२ वैशाख १२ गते नेपालमा महाभूकम्प गयो । १४ जिल्लाका जनतालाई सबैभन्दा धेरै क्षति पुग्र्यो । सरकारले त्यसलाई ध्यानमा राख्दै २०७२ चैत १ गते १५ सय ट्याक्सी दिने निर्णय गर्यो । यातायात व्यवस्था विभागले ट्याक्सी खरिद गर्नका लागि २०७३ साउन ५ गतेदेखि भदौ ५ गतेसम्म सूचना जारी गरेको थियो ।

    भूकम्पपीडितको कार्ड भएकाले एक सय १० रुपैयाँ राजस्व तिरेर फाराम भर्न सक्थे । एक महिनामा १ लाख ४९ हजार ५५८ जनाले फाराम बुझाए । रातभरि लाइन बसेर फाराम बुझाइयो । गोलाप्रथाबाट छानिएका १५ सयले ट्याक्सी पाए, अरुले पाएनन् । सबैले गरिखान्छु भनेर त फाराम बुझाएका थिए । ट्याक्सी किनेर व्यवसायी गर्ने अपेक्षा बोकेकाहरु बच्चा बोकेर दिनरात भनि लाइन बसे । २०७२ साउन २० गतेदेखि भदौ २ गतेसम्म विभागले १८ सय ५० ट्याक्सी किन्नका लागि सूचना जारी गर्यो ।

    एक हजार १० रुपैयाँ राजस्व तोकिएको थियो । १५ दिनमा १५ हजार ७७१ जनाले फाराम बुझाए । यहाँ पनि गोलाप्रथा गरियो । १८ सय ५० ले ट्याक्सी पाए, अरु चिल्लै । सरकारले ट्याक्सी व्यवसायीको दबाबमा बागमती अञ्चलमा २०५७ जेठ १७ गते नयाँ ट्याक्सीको दर्ता बन्द गर्यो । दर्ता बन्द हुने बेलामा सात हजार ५०० ट्याक्सी सञ्चालनमा थियो । त्योमध्येमा पाँच हजार ६०० पेट्रोलबाट चल्थ्यो, १८ सय ५० ट्याक्सी डिजेलबाट चल्थ्यो । डिजेलबाट चल्ने ट्याक्सी एकदेखि डेढ वर्षमै विस्थापन भयो ।

    सिन्सियर सेभिङको ठगी धन्दा, सहकारी विभाग र सहकारी महासंघले गर्ला त बन्द?

    सरकारले २०४८ देखि २०५२ सालसम्म कम्पनी खोलेर भ्याट र भन्सार छुटमा ट्याक्सी ल्याएर चलाउन अनुमति दिएको थियो । चार लाख पर्ने ट्याक्सी दुई लाखमा आँउथ्यो । २०४८ सालमा सरकारले अन्य मुलुकको जस्तै सिस्टम लागु गर्न दिएको थियो । चार लाख पर्ने गाडी दुई लाखमा किनेर व्यवसायीले सञ्चालनमा ल्याए । त्यो ट्याक्सीले अहिलेसम्म करोडौं रुपैयाँ कमाइसकेको छ । सरकारले ट्याक्सीमा भएको सिण्डिकेट र बेतिथि हटाउन खोजेको छ ।

    २०६९ माघमा एकान्तकुनाको यातायात कार्यालयले पाँच हजार नयाँ ट्याक्सीको दर्ता खोल्न यातायात मन्त्रालयसंग माग गरेको थियो । जनसंख्या बढेको र सञ्चालन भएको ट्याक्सीले राम्रो सेवासुविधा नदिएको भन्दै कार्यालयले माग गर्यो । तर, सरकारले त्यतिबेला चासो देखाएन् । जसको फाइदा सिन्सियरले उठायो । सरकारले नयाँ ट्याक्सीको दर्ता नखोलेको फाइदा सिन्सियरलाई भयो । थोत्रा ट्याक्सीको खरिदबिक्री बढेपछि मूल्य पनि उकालो लाग्यो । घुस खाँदै सिन्सियरले ट्याक्सीलाई कर्जा दियो ।

    ट्याक्सीको मूल्य दिनको दुई गुणा र रातको चार गुणा बढ्दै गयो । जसले गर्दा सिन्सियरले आँखा चिम्लेर कर्जा लगानी गर्यो । ट्याक्सी व्यवसायीहरु मीटरमा यात्रु पनि नबोक्ने अनि सरकारलाई दबाब दिएर भाडा बढाइराख्ने । यो क्रम वर्षौंदेखि चलेको छ । सरकारले बीचमा ट्याक्सी खोल्ने निर्णय गरेपछि सिन्सियरले लाखौं रुपैयाँ दिएर ट्याक्सी व्यवसायीलाई सडकमा उतार्यो । तर, सिन्सियर सफल भएन्, ट्याक्सी बजारमा आयो । सरकारले कम्पनीमार्फत ट्याक्सी खोल्ने प्रक्रिया बढाएको छ ।

    यता, सिन्सियरले ट्याक्सी व्यवसायीलाई उचालिरहेको छ । आफ्नो लगानी डुब्छ भनेर सिन्सियर सरकारलाई नयाँ ट्याक्सीको दर्ता खोल्न पनि नदिने । पैसा दिएर व्यवसायीहरुलाई सडकमा उतार्ने । सरकारले नयाँ ट्याक्सीको दर्ता खोलिदिनुपर्छ । राज्यलाई राजस्व आउँछ । सर्वसाधारणले रोजगारी पाउनेछन् । काठमाडौंको सुन्दरता पनि बढ्छ । सिन्सियर नयाँ ट्याक्सीको दर्ता रोक्न हरकोशिस गरिरहेको छ । सिन्सियरको दादागिरी र पर्दाभित्र बसेर खेलिरहेको खेल सरकारले रोक्नुपर्छ ।


    अर्थ चाैतारी
  • विहिबार, ११ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट