logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सन्सियरका तीन हर्ताकर्ता साधासाधीलाई डुबाएर मालामाल, ऋणीहरूको बेहाल ! 

    सन्सियरका तीन हर्ताकर्ता साधासाधीलाई डुबाएर मालामाल, ऋणीहरूको बेहाल ! 

    1.1K
    SHARES
    सन्सियरका तीन हर्ताकर्ता साधासाधीलाई डुबाएर मालामाल, ऋणीहरूको बेहाल ! 

    काठमाण्डाै । सहकारीमा बचत गर्नुको कारण के हो ? सर्वसाधारणले आफूसँग भएको रकम सुरक्षित हुन्छ र केही प्रतिशत भए पनि ब्याज आउँछ भनेर सहकारीमा बचत गर्छन् । तर, सहकारीले पैसा सुरक्षित राख्ने होइन, बरु हिनामिना गर्ने काम गर्दै आएको छ । जसको राम्रो उदाहरण बनेको छ, राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड । बचतकर्ताले थाहा नै नपाउने गरी पैसा तलमाथि हुने गरेको छ । चाहे त्यो साँवामा होस् या ब्याजमा ।



    सिन्सियरले मासिक रूपमा ब्याज दिँदैन । तीन महिना, ६ महिना र एक वर्ष गरेर सिन्सियरले ब्याज दिँदै आएको छ । तर, पछिल्लो केही समययता बचतकर्ताले ब्याज नपाएको गुनासो आउन थालेको छ । ऋण लिँदाखेरि पाँचदेखि १० हजारको सेयर भिडाउने । यद्यपि, कर्जा चुक्ता गरेपछि पनि सेयरको पैसा फिर्ता नगर्ने । त्यसको ब्याज पनि कर्जावालले पाउँदैनन् । बचतकर्ताको निधन भएको खण्डमा पैसा लिन आउनु भनेर राष्ट्रिय दैनिकमा ३५ दिने सूचना ननिकाल्ने ।

    परिवारले खोज्यो भने दिने, नत्र खाइदिने । सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मिरा कर्माचार्यको सुरुको दिनदेखि नै नियत खराब छ । सिन्सियरसंग कारोबार गरेकाहरू यी तीन जनाको बानी व्यवहार र काम गर्ने शैली देखेर हत्तु भइसकेका छन् । कुनै बचतकर्ता आफ्नो बचत लिन लामो समयसम्म आएन भने त्यो पैसा त्यहीबाट हिनामिना भइसक्छ । ब्याजसहित आफ्नो रकम कति भयो रु भनेर कसले हिसाब गर्ने ?

    बचतकर्ताहरू खाताबाटै पैसा गायब हुने बताउँछन् । धितो राखेर सिन्सियरबाट कर्जा खानेहरू भन्छन्,‘तोकिएकै मितिमा किस्ता तिरे पनि साँवा घट्दैन । सबै ब्याज, नवीकरण र पेनाल्टी भन्दै सखाप पारिदिन्छ ।’ सिन्सियरले कर्जा खानेलाई सुरुमै फोटोकपी पेपर र नेपाली कागजमा हस्ताक्षर र ल्याप्चे लगाउन लगाउँछ । अनि त्यसकै दुरुपयोग गर्दै मासिक खुरुखुरु पैसा निकालिन्छ । पाँच सय र एक हजार रुपैयाँ निकालेको कसले थाहा पाउने रु कर्जावालले जरिवाना नलगोस्, पेनाल्टी नलगोस् भनेर तोकिएकै समयमा किस्ता तिर्छन् ।

    सिन्सियरका तीन हर्ताकर्ताको सम्पत्ति छानबिन गर्नुपर्ने पीडितहरूको माग ! 

    तर, सिन्सियरले बचत खातामा डिपोजिट गरिदिँदा कर्जावालहरू मर्कामा पर्ने गरेका छन् । बचतमा थोरै ब्याज दिए पुग्छ । एकातिर सिन्सियरको ब्याज चर्को भएर कर्जावालहरू थालिसकेका छन् । अर्कोतिर हालेको किस्ता पनि बचत गरिदिँदा कर्जावाल त सिँधै डुब्ने भइहाले नि । जरिवाना, हर्जाना, पेनाल्टी गर्दागर्दै उनीहरू हत्तु हुन्छन् । सिन्सियरका तीन हर्ताकर्ताहरू हिसाब नै भुलाएर पैसा खाइदिन्छन् । किस्ता तिरुन्जेल त सिन्सियरले कर्जावाललाई अलमलाएर खानुसम्म खान्छ ।

    तर, ऋणीले एकमुष्ट रकम तिरेर धितो फुक्का गर्न खोज्दा पनि सिन्सियरले ठग्न छोड्दैन । व्यक्ति हेरेर दुईदेखि तीन प्रतिशत कर्जा नवीकरण, जरिवाना, बिमा आदि इत्यादि गरेर कर्जावाललाई लुट्नुसम्म लुट्छ । अर्कोको सम्पत्ति बिमा गर्न सिन्सियरलाई जति चासो अरू कसलाई होला ? कर्जावालले बिमा गर्नुपर्दैन भन्दा सिन्सियरका तीन हर्ताकर्ताको एउटै जवाफ आउँछ,‘हामीले बिमा कम्पनीलाई पैसा तिरिसकेका छौँ । तपाईँले त्यसको पनि पैसा चुक्ता गर्नै पर्छ ।’

    तर, सिन्सियरले कसलाई सोधेर बिमा गरायो रु बिमा कम्पनीबाट कमिसन खानका लागि सिन्सियरले यस्तो काम गरेको हो । सिन्सियरको हिसाबकिताब बैङ्कको सिइयाेले त बुझ्दैनन्, बिचरा सोझासोझी ऋणीले के बुझ्नु ? सिन्सियरले जता जता भन्यो, उनीहरू त्यता त्यता पैसा हाल्ने मात्र हुन् । सहकारी विभागले एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने भनेको छ । यता, ब्याज पनि १६ प्रतिशतभन्दा माथि लिन पाँइदैन् । तर, सिन्सियरले यो नियम टेरेको छ त ?

    कि सहकारी विभागले बनाएको नियम नै धज्जी बनाएको छ । बाहिरबाट अब्बल सहकारी भनेर मात्र हुँदैन । भित्रभित्र त्यसले कस्तो कालो कर्तुत सञ्चालन गरेको छ, यो हेर्न जरुरी छ । ऐन कानुन नै आफ्नो मुठ्ठीमा भएजस्तो गर्ने सिन्सियरलाई कसले कारबाही गर्ने रु सिन्सियरले कर्जा दिने बेलामा व्यक्ति हेरेर दुईदेखि तीन प्रतिशत सेवा शुल्क लिन्छ । सरकारले तोकेअनुसार एक प्रतिशतभन्दा धेरै सेवा शुल्क लिन पाँउदैन् । घुस र १८ देखि ४८ प्रतिशतसम्म ब्याज लिइरहेको छ । कानुनले त १६ प्रतिशत भनेको छ ।

    सिन्सियरको लागानी २० बर्ष पुराना ट्याक्सीमाः बचतकर्तालाई झुलाउँदै, संचालक रमाउँदै

    कर्जा नवीकरण गर्ने भन्दै वर्षमा दुई चोटि पैसा असुल्छ । यता, कर्जा चुक्ता गर्ने बेलामा समेत सेवा शुल्क लिन्छ । अनि कानुनले सिन्सियरलाई छोयो त रु सहकारीको नाममा सिन्सियरले गैर कानुनी धन्दा चलाउँदै आएको छ । धितो मूल्याकंन गर्ने जिम्मा पनि आफ्नै नजिकको मान्छेलाई दिने । अनि त्यहाँबाट पनि कमिसन खाने । सिन्सियरमा बचत गर्ने होस् या कर्जा लिने होस् दुवै पीडित छन् । व्यक्ति हेरेर सिन्सियरले बचतको ब्याज दिइरहेको छ । यता, पीडितको त कुरै नगरौँ ।

    भएको सम्पत्ति त सिन्सियरले लापलुप पारिहाल्यो । कति विस्थापित भए, करोडपतिहरू सडक पति बने । कति बौलाए, कति सबै छोडेर भूमिगत भए । ५० लाखको धितो राखेर १० लाख रुपैयाँ कर्जा लिएकाहरूको जायजेथा नै त्यतिमै पचाइदियो । आफ्नो विरोधमा बोल्नेलाई जेलमा लगेर कोचाइदियो । कतिपय देश नै छोडेर भागे, कहाँ छन् अत्तोपत्तो छैन । आफ्नो हिसाबकिताब माग्न जाँदा सिन्सियरभित्रै गुण्डा बोलाएर कुटाइयो । सिन्सियरले के सम्म गरेको छ रु यो क्रमिक रूपमा छरपस्ट हुँदै जानेछ ।

    सिन्सियरबाट ऋण खानेहरू घुस, चर्को सेवा शुल्क, महँगो ब्याज र भुलाउने प्रवृत्तिका कारण तहसनहस बने । सिन्सियरले आफूले घुस खाएको देखेन तर त्यही ऋणीले किस्ता तिर्न अलिकति समय थप गरिदिनु भन्दा नसुनेझैँ गर्छन् । तीन किस्ता नतिर्ने बित्तिकै सिन्सियरले लाखमा करोडौँको सम्पत्ति पचाइदिन्छ । ऋणी बिचरा हेरेको हेर्यै । यस्तो गर्दागर्दै सिन्सियरका तीन हर्ताकर्ताले अंकुत सम्पत्ति कमाए । तर, ऋणीहरू त सडक छाप नै भए । चार लाख रुपैयाँ लिएको एक ट्याक्सी व्यवसायीलाई सिन्सियरले त्यही गर्‍यो ।

    पीडितहरूले भनेअनुसार,‘एक ट्याक्सी व्यवसायीले १५ लाख पर्ने ट्याक्सी धितो राखेर चार लाख रुपैयाँ ऋण लिएका थिए । उनले तोकिएकै समयमा मासिक किस्ता तिरिरहेका थिए । तर, एक वर्षपछि सिन्सियरले चार लाखलाई १० लाख पुर्‍याएर त्यो ट्याक्सी नै खाइदियो ।’ उनको अन्य जायजेथा पनि सिन्सियरले त्यसरी नै खाएको पीडितहरूको भनाइ छ । सिन्सियरले गर्दा ती व्यवसायी ‘घर न घाट’ को भएको बताइन्छ । सिन्सियरले गुण्डा, राजनीतिक दलका नेताको आडमा गैर कानुनी धन्दा चलाइरहेको छ ।

    सिन्सियर सेभिङको ठगी धन्दा, सहकारी विभाग र सहकारी महासंघले गर्ला त बन्द?

    जसले सिन्सियरको विरोधमा बोल्छ, गुण्डा लगाएर उसलाई कुटपिट गरिहाल्ने । अनि सिन्सियरको विरोधमा बोल्न कसले आँट गर्ने रु सञ्चारमाध्यमहरूले सिन्सियरको ठगी धन्दा बाहिर ल्याउन थालेपछि मात्र पीडितहरूले आफ्नो मुख खोल्न थालेका हुन् । यतिखेर पीडितहरूमा न्याय पाउने आस जागेको छ । सिन्सियरका पीडित सयौँमा होइन, हजारौँमा छन् । सिन्सियरले हिसाबकिताबको दुइटा फाइल बनाउँछ । सहकारी विभाग र अडिटराई देखाउन छुट्टै फाइल बनाउँछ ।

    तर, उसको वास्तविक धन्दाको फाइलचाहिँ अर्कै हुन्छ । कानुनको धज्जी उडाएको फाइल त सरकारलाई देखाउन मिल्ने । सरकारी कागजात सरकारी कार्यालय बाहिर लैजान पाँइदैन् । तर, सिन्सियरले यातायात र मालपोत कार्यालयको ढड्डा कसरी आफ्नो कार्यालयमा लगेर ऋणीलाई ल्याप्चे लगाइरहेको छ रु प्रश्न गम्भीर छ । सवारी साधन र घरजग्गाको ढड्डा त सिन्सियरका कर्मचारीले कार्यालयमै ल्याउँछन् । स्थापनादेखि नै ऋणीलाई कार्यालयमै ल्याप्चे लगाउने काम भइरहेको छ ।

    कि सिन्सियरले यातायात र मालपोतको कर्मचारी किनेको छ कि जानाजान कानुन लत्त्याएको हो रु प्रश्न उठेको छ । सिन्सियरका कर्मचारीले कसैले सुइँको नपाउने गरी झोलामा फाइल बोकेर ल्याउने गरेको कतिपयको अनुमान छ । सिन्सियरले ऋण लिँदाखेरि ऋणीलाई तमसुकमा उल्लेख गरेको विषय पढेर सुनाउँदैन । सिन्सियरबाट कर्जा खाने अधिकांश ट्याक्सी पेसामा आबद्ध छन् । तीमध्ये अधिकांश नपढेका छन् । जसको फाइदा सिन्सियरले उठाउँछ ।

    १० लाख कर्जा लिएको हुन्छ तर तमसुकमा ११ लाख लेख्छ । ऋणीले त्यसको साँवा ब्याज तिर्नुपर्‍यो । तीन किस्ता नतिर्ने बित्तिकै मेरो धितो तान्नुस् भनेर लेखिएको हुन्छ । यहाँ पनि ऋणीले चुइँक्क बोल्न पाएनन् । सिन्सियरबाट एक चोटि कारोबार गरेको व्यक्ति दोहोराएर त्यहाँ जाँदैन । सिन्सियरले जति चिप्लो घसे पनि फर्किएर कसैले पनि हेर्दैनन् । जबसम्म ऋणीले सिन्सियरका हर्ताकर्ताको स्वभाव बुझ्छ तबसम्म ऊ सबैतिरबाट नङ्गिइसकेको हुन्छ । सिन्सियरका तीन हर्ताकर्ता साधासाधीलाई डुबाएर मालामाल, ऋणीहरूको बेहाल !

    बुढापाकाले भन्थे,‘एउटा मरिकन अर्को माथि जाँदैन ।’ यसको राम्रो उदाहरण सिन्सियर बनेको छ । अब त राज्यको आँखा पनि खुल्छ कि रु सिन्सियरबाट पीडित बनेकाहरू नेपाली जनता हुन्, उनीहरूले न्याय पाउनुपर्छ ।


    अर्थ चाैतारी
  • सोमबार, २२ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट