logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • लघुवित्तका समस्याबारे अध्ययन गर्न निर्देशक श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

    लघुवित्तका समस्याबारे अध्ययन गर्न निर्देशक श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

    1.1K
    SHARES
    लघुवित्तका समस्याबारे अध्ययन गर्न निर्देशक श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको विद्यमान अवस्थाबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।



     

    कार्यकारी निर्देशक श्रेष्ठको संयोजकत्वमा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष, २ जना स्वतन्त्र विज्ञ र ४ जना राष्ट्र बैंकका उच्च अधिकारीहरु सदस्य छन् ।

     

    उक्त समितिले ६ महिनाभित्र प्रतिवेदन पेस गर्न समय दिएको छ । लघुवित्त क्षेत्रमा देखिएका विद्यमान समस्या, नीतिगत व्यवस्थामा रहेका समस्या र मध्यम तथा दीर्घकालीन समस्या समाधानका विषयमा अध्ययन गरेर राष्ट्र बैंकलाई प्रतिवेदन बुझाउने छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २३ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट