काठमाण्डौ । बचतकर्ताकाे बचत फिर्ता दिन नसक्ने अवस्थामा गुज्रिरहेको माता म्हेपि बचत तथा ऋण सहकारी संस्थाका संचालकले प्रबर्न्धक रहेका ज्वाला सुन्दर तुलाधरलाई निकालेकाे छ । काठमाण्डौको न्यूरोडमा १३ बर्ष देखि संचालनमा रहेको सहकारी संस्थामा तुलाधर संस्थापना कालदेखि प्रबर्न्धक भएर काम गरिरहेकोमा चालु महिनादेखि लागु हुनेगरि अबकासको पत्र थमाएकाे छ ।
प्रबर्न्धक तुलाधरले आफुलाई बिना जानकारी कर्जा लगानी गरेको र बचतकर्ताहरूले मागेको बखत जम्मा रकम नदिएकोमा नगद व्यवस्थापन गर्न संचालक समितिलाइ बारम्बार ध्यानाकर्षण गराएकोले नै मलाइ अपमानजनक तरिकाले निकालेको बताए ।

संस्था स्थापना गर्न विशेष भूमिका निभाएको र मैले शुरुआत देखि पाएको जिम्मेवारी ८३ बर्षको उमेरमा पनि निभाइरहेकोमा यतिका बर्षसम्म उमेरको केही कुरा नगरी अहिले ८० बर्ष माथि भनेर अबकास पत्र थमाइदिए तर मैले पाउनु पर्ने तलब भने नदिएको गुनासो गर्दै यस संस्धामा बचत जम्मा गर्ने सबैको जम्मा रकम मागेको समयमा दिन्छु भनेर संचालक समितिमा बस्ने हरू सबैले जिम्मालिनु पर्ने समेत दावि गरे ।
अर्थ चाैतारी ।