logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • मन्त्री ज्वालासँग निर्माण व्यवसायीको गुनासो : भुक्तानी रोकिँदा राज्यको ‘सप्लाई चेन’ मै असर पर्‍यो

    मन्त्री ज्वालासँग निर्माण व्यवसायीको गुनासो : भुक्तानी रोकिँदा राज्यको ‘सप्लाई चेन’ मै असर पर्‍यो

    1.4K
    SHARES
    मन्त्री ज्वालासँग निर्माण व्यवसायीको गुनासो : भुक्तानी रोकिँदा राज्यको ‘सप्लाई चेन’ मै असर पर्‍यो

    काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीहरूसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् । महासंघको प्रतिनिधिमण्डल सँगको भेटमा मन्त्री ज्वालाले मुलुक विकासका लागि पूर्वाधार नै महत्त्वपूर्ण क्षेत्र रहेको बताउँदै मन्त्री ज्वालाले पूर्वाधार क्षेत्रमा योगदान दिने पात्र निर्माण व्यवसायीहरू भएको बताए ।



     

    ‘सरकार र निर्माण व्यवसायी पक्ष—प्रतिपक्षी होइनन्, मिलेर काम गर्नुपर्छ,’ मन्त्री ज्वालाले भने । निर्माण व्यवसायीहरूको समस्याबारे सरकार जानकार रहेको स्पष्ट पार्दै मन्त्री ज्वालाले निर्माण व्यवसायी मैत्री ऐन कानुन निर्माणका लागि पहल गर्ने बताए । राष्ट्र र जनताप्रतिको जिम्मेवारी बोध गर्दै काम गर्न उनले निर्माण व्यवसायीहरूको ध्यानाकर्षण गराए ।

     

    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भुक्तानी अभावका कारण निर्माण उद्योग अत्यन्त असहज अवस्थामा रहेको मन्त्री ज्वालालाई जानकारी गराए । निर्माण व्यवसायीहरूको भुक्तानी रोकिँदा त्यसको गम्भीर असर राज्यको ‘सप्लाई चेन’ मै परेको भन्दै अध्यक्ष सिंहले व्यवसायीहरूले बिस प्रतिशत मोबिलाइजेशन पेस्की रकम पाउनु पर्ने तर्क राखे । हालै राजधानीमा सम्पन्न महासंघको २४ औँ साधारण सभाबाट पारित घोषणापत्र मन्त्री ज्वालालाई हस्तान्तरण गर्दै अध्यक्ष सिंहले घोषणापत्र कार्यान्वयनका लागि ध्यानाकर्षण गराए ।

     

    निर्माण व्यवसायसँग सम्बन्धित ऐन, कानुन संशोधन गर्दा निर्माण व्यवसायी लगायतका सरोकारवाला सबैलाई अनिवार्य संलग्न गराउन अध्यक्ष सिंहले आग्रह गरे । महासंघ प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.), महासचिव रोशन दाहाल, उपमहासचिव

     

    (नीतिगत) शिवहरि घिमिरे, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ, सह—कोषाध्यक्ष सन्तोष शाह, कार्य समिति सदस्यहरू प्रमोद लामिछाने, दानबहादुर खड्का, दिनेश रिजाल, विष्णु लामिछाने, विशेष आमन्त्रित सदस्य विनोद कुमार भट्टराई, कार्यालय प्रमुख प्रेम सिंह ऐर लगायत रहेका थिए ।


    अर्थ चाैतारी
  • मंगलबार, २१ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट