logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • आइएमई पे र एम बैंकबीच सहकारी संस्थाहरुलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने सम्झौता

    आइएमई पे र एम बैंकबीच सहकारी संस्थाहरुलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने सम्झौता

    806
    SHARES
    आइएमई पे र एम बैंकबीच सहकारी संस्थाहरुलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने सम्झौता

    काठमाण्डौ । सहकारी संस्थाहरुलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैंकबीच सम्झौता भएको छ।



    सम्झौतापत्रमा आईएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका छन्।

     

    सम्झौताअनुसार एम बैँक एपमार्फत ६५० भन्दा बढी सहकारी संस्थाहरु तथा संस्थाका सदस्यहरुले आइएमई पे वालेटमा रकम लोड, आइएमई पेबाट सहकारीमा रकम ट्रान्सफर, सेयर खरिदको भुक्तानी, चन्द्रागिरी केबल कारको टिकटदेखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानीलगायतका अन्य डिजिटल सेवा उपलब्ध हुनेछ।

     

    मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको आइएमई पेमा हाल प्रत्यक्ष रुपमा ४० लाख नेपाली नागरिकले सेवा लिइरहेका छन्। आइएमई पेका देशभर करिब ४५ हजार एजेन्ट रहेका छन्।


    अर्थ चाैतारी
  • विहिबार, २३ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट