logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • ११ बुँदे काठमाण्डौ घोषणा पत्र जारी गर्दै सहकारी महासम्मेलन सकियो

    ११ बुँदे काठमाण्डौ घोषणा पत्र जारी गर्दै सहकारी महासम्मेलन सकियो

    663
    SHARES
    ११ बुँदे काठमाण्डौ घोषणा पत्र जारी गर्दै सहकारी महासम्मेलन सकियो

    काठमाण्डौ । तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणा पत्र जारी गर्दै सहकारीले आत्मनिभर अर्थतन्त्र निमार्णमा लाग्नु पर्ने उल्लेख छ । घोषणा पत्रमा सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य शृङ्खला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न महासम्मेलनले जोड दिइएको छ ।



     

    त्यसै गरी, वातावरण मैत्री कृषि, उत्पादनमा वृद्धि आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन र रोजगारी सिर्जना गर्न सार्वजनिक निजी र सहकारी साझेदारी मोडेललाई अगाडि बढाइने घोषणा पत्रमा उल्लेख छ । नवीन सोच र सिर्जनात्मकताका आधारमा सहकारी मार्फत कृषि पर्यटन, जलश्रोत, स्वास्थ्य, शिक्षा, उद्योग लगायतका क्षेत्रमा लगानी वृद्धि गर्ने प्रतिबद्धता महासम्मेलनले गरेको छ ।

     

    विशिष्टीकृत सहकारी संघमार्फत बृहत् र विशिष्ट उत्पादनको विकास, कृषि र पशुजन्य क्षेत्रको प्रवर्द्धन एवं ठुला कृषि फार्मको स्थापना, कृषि जन्य वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति शृङ्खला विकास गरी सहकारीको ब्राण्ड प्रवर्द्धन गर्ने जनाइएको छ । सदस्यको बचतको सुरक्षाका लागि सहकारी क्षेत्रमा विश्वास अभिवृद्धि गर्न राष्ट्र व्यापी रूपमा जागरण अभियान सञ्चालन गर्न, सहकारी क्षेत्रको दिगोपनका लागि कानुनले परिकल्पना गरेका प्रवर्द्धनात्मक व्यवस्था कार्यान्वयनका लागि आवश्यक पहलकदमी गर्न र अर्थतन्त्रमा देखा परेका समस्याका कारण सहकारी क्षेत्रमा सृजना भएको तरलता सङ्कुचनको समस्या समाधानार्थ तिनै तहका सरकारको तर्फबाट सम्बोधन गर्न सामूहिक रूपमा बहस पैरवीका लागि पहल गरिने घोषणा पत्रमा उल्लेख छ ।

     

    त्यसैगरी, सहकारी सिद्धान्त, मूल्य, मान्यता र विधिको परिपालना गरी सहकारीको पहिचान स्थापित गर्न सहकारी संस्थाहरूमा स्वनियमन र सुशासन कायम गर्दै सदस्य केन्द्रित व्यवसायको माध्यमबाट गुणात्मक सहकारी अभियान निर्माणमा प्रतिबद्धता जनाइएको छ ।

     

    साथै, सहकारीको स्वास्थ्य एवं प्रतिस्पर्धात्मकता क्षमता अभिवृद्धिका लागि एकीकरणलाई अभियानको रूपमा सञ्चालन गर्नुका साथै नवप्रविधिलाई आत्मसाथ गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न प्रतिबद्ध जनाइएको छ । सरकार मातहत रहेका कोषहरू सहकारी बैङ्क मार्फत सहुलियतपूर्णरुपमा लगानी गर्न तथा उच्चतम प्रविधि अपनाउन सामूहिक पहलकदमी गर्ने बताइएको छ ।

     

    दिगो विकासका लक्ष्य प्राप्तिका लागि सहकारी संघ संस्थामा महिला तथा लैंगिक समानता, युवा तथा सीमान्तकृत वर्ग बीच सामाजिक समावेशिता कायम गर्दै वित्तीय पहुँच वृद्धि गर्दै जाने उल्लेख छ । सहकारी क्षेत्रलाई आवश्यक जनशक्ति निर्माण गर्न औपचारिक शिक्षामा सहकारी विषय अध्ययन अध्यापन गराउन तथा सहकारीमा क्षमतावान् मानव संसाधनलाई आकर्षित गर्दै स्थायित्व कायम गर्न सामूहिक पहलकदमी गर्न समेत उल्लेख छ ।

     

    सहकारी क्षेत्रको तथ्याङ्क अद्यावधिक गर्ने, सहकारीको अध्ययन अनुसन्धानमा लगानी वृद्धि गरी समग्र अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदानको मापन गर्ने प्रणाली विकासका लागि पहलकदमी लिने महासम्मेलनको प्रतिबद्धता छ ।

     


    अर्थ चाैतारी
  • शनिबार, २५ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट