logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • मर्जरमा जाने सहकारीलाई काठमाण्डौ महानगरपालिकाले २ वर्षको कर छुट दिने

    मर्जरमा जाने सहकारीलाई काठमाण्डौ महानगरपालिकाले २ वर्षको कर छुट दिने

    1K
    SHARES
    मर्जरमा जाने सहकारीलाई काठमाण्डौ महानगरपालिकाले २ वर्षको कर छुट दिने

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सहकारी संघ–संस्थालाई मर्जरका लागि प्रोत्साहन गर्ने भएको छ । आवश्यकताभन्दा बढी संख्यामा सहकारी संघ-संस्थाहरु खुल्दा जोखिमसँगै क्षमतामा समेत ह्रास आएको निष्कर्ष निकाल्दै महानगरपालिकाले मर्जरमा जाने सहकारी संघ–संस्थालाई प्रोत्साहन गर्ने भएको हो ।



     

    काठमाण्डौ महानगरपालिका सहकारी विभागले मर्जरमा जाने सहकारी संघ-संस्थालाई दुई वर्षसम्मको व्यवसायिक आयकर छुट दिने जनाएको छ । महानगरको सहकारी विभागका उपनिर्देशक विमला कोइरालाले एकिकरण (मर्जर) मा जाने सहकारीलाई मर्जर भएको आर्थिक वर्ष र लगत्तै २ वर्षको व्यवसाय कर छुट दिने जानकारी दिइन् ।

     

    सँगै महानगरपालिका भित्रका सहकारीको क्षमता वृद्धि एवम् उत्पादनमा केन्द्रित गर्न महानगरले महिला सहकारीलाई वडामा व्यवसाय दर्ता गर्दा कर छुट दिने व्यवस्था समेत मिलाइएको जानकारी दिइन् । हाल काठमाडौँ महानगरको क्षेत्राधिकारभित्र १९५५ वटा सहकारी संस्थाहरु सञ्चालनमा छन् । जसमध्ये अधिकतम ८३.२७ प्रतिशत अर्थात् १६२८ वटा बचत तथा ऋणको काम गर्ने सहकारी रहेका छन् ।

     

    यस्तै, २६४ वटा बहुउद्देश्यीय सहकारी, १५ वटा कृषि सहकारी, १३ वटा उपभोक्ता सहकारी, ३ वटा सीपमुलक, शिक्षा, सञ्चार, श्रमिक, पर्यटन, साझा, चिया र अन्य ५ वटा सहकारी रहेका छन् । झण्डै २ हजारवटा सहकारी महानगरभित्र रहेपनि मुस्किलले १० प्रतिशतले मात्र विषयगत काम गर्ने गरेको तर ९० प्रतिशतले नाम एउटा भएपनि काम भने बचत तथा ऋण सहकारीकै गर्ने गरेको उनले बताइन् ।


    अर्थ चाैतारी
  • बुधबार, २९ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट