logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • धर्ना बसेकाहरुसँग कुनै सरोकार नरहेको नेपाल टेलिकमको स्पष्टोक्ति

    धर्ना बसेकाहरुसँग कुनै सरोकार नरहेको नेपाल टेलिकमको स्पष्टोक्ति

    962
    SHARES
    धर्ना बसेकाहरुसँग कुनै सरोकार नरहेको नेपाल टेलिकमको स्पष्टोक्ति

    काठमाण्डौ । नेपाल टेलिकमले केन्द्रीय कार्यालय प्राँगणबाहिर हाल केही व्यक्तिले धर्ना दिइरहेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ। कम्पनीले आमसर्वसाधारण तथा आमसञ्चार माध्यममा समेत यसबारेमा केही भ्रम पर्न गएकोले स्पष्ट पार्ने प्रयास गरेको हो।



     

    नेपाल टेलिकमले सेवा विस्तार, मर्मतसम्भारलगायतका कम्पनीको सेवा प्रवाह तथा कार्य सञ्चालनका लागि आवश्यकताबमोजिम विभिन्न समयमा विभिन्न सेवा प्रदायक कम्पनीसँग प्रचलित नियम–कानुनबमोजिम सम्झौता गरी निश्चित समय तथा कार्य तोकी आवश्यक सेवा लिने गरेको छ। सो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै उक्त सेवा प्रदायक कम्पनीहरुसँगको दायित्व पनि समाप्त हुने व्यवस्था छ।

     

    केही दिनपहिले सम्पन्न व्यवस्थाअनुसार विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई प्रतिस्पर्धाका आधारमा अर्को सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको छ। यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्राँगणबाहिर विभिन्न माग राखिरहेको अवस्था छ।

     

    हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भएको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहने अवस्था हुन्छ।


    अर्थ चाैतारी
  • सोमबार, ४ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट