काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित भएका छन् । सोमबार सम्पन्न महांघको कार्यसमितिबीचको निर्वाचनबाट निरक केसी कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।
महासंघको कोषाध्यक्ष बन्न ४ जनाले इच्छा देखाएका थिए । सुरुमा ४ जना आकांक्षी रहेपनि अन्तिममा केसी र प्रबलजंग पाण्डेबीच चुनाव भएको हो । आज सोमबार भएको चुनावमा अध्यक्ष चन्द्र ढकाल नजिक मानिने केसी कोषाध्यक्ष बनेका हुन् ।
केसीले ३८ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी तथा वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठकातर्फबाट उम्मेदवारी दिएका पाण्डेले २९ मत ल्याए ।
अर्थ चाैतारी ।