logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द रहने

    उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द रहने

    676
    SHARES
    उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द रहने

    काठमाण्डौ । वैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ।



     

    चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रशिद्ध शक्तिपिठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुँदा भीड बढ्ने र सुरक्षा संवेदनशील बढ्ने हुदाँ उक्त दिन मनकामना केबलकार बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ।

     

    उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रहअनुसार सेवा बन्द गर्न लागिएको हो। मनकामना केबलकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्छ। वैशाख ११ गतेदेखि केबलकार पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट