logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • डाबर नेपालको साढे ९ अर्ब लगानी कार्यान्वयनको बाटो खुल्यो

    डाबर नेपालको साढे ९ अर्ब लगानी कार्यान्वयनको बाटो खुल्यो

    1.5K
    SHARES
    डाबर नेपालको साढे ९ अर्ब लगानी कार्यान्वयनको बाटो खुल्यो

    काठमाण्डौ । डाबर नेपाल प्रालिले नेपालमा थपेको साढे ९ अर्ब बढी लगानी कार्यान्वयन गर्ने बाटो खुल्ला भएको छ।



    लगानी बोर्ड नेपाल र बहुराष्ट्रिय कम्पनी डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधीकरण परियोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न पुनर्लगानीका रुपमा लगानी हुने परियोजनाको समझदारी पत्रमा बिहीबार हस्ताक्षर भएको हो।

     

    लगानी बोर्डको कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा लगानी बोर्डका सदस्य रमेश रिजालको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका बिजनेस हेड हरकिरत सिंह वेदीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधीकरणको लागि लगानी बोर्डको ४९औँ बैठकले २०७८ माघ २५ मा सम्पन्न बैठकले लगानी स्वीकृत गरेको थियो। कम्पनीको प्रस्तावअनुसार ९ अर्ब ६८ करोड रुपैयाँ थप लगानी हुनेछ।

     

    हस्ताक्षरपछि डाबर नेपालका वेदीले नेपालमा आर्जित पुँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पुँजीवृद्धिमा लगानी गर्न पाउँदा हर्षित भएको बताए। बोर्डका प्रमुख कार्यकारी भट्टले डाबर नेपालबाट हुनलागेको पुनर्लगानीले लगानीकर्ताको नेपालप्रतिको विश्वास, भरोस र व्यवसाय विस्तारको प्रचुर सम्भावनालाई देखाएको बताए।

     

    त्यस्तै मन्त्री रिजालले यसले लगानीकर्तामाझ ठूलो सन्देश प्रवाहित हुने बताउँदै नेपालमा लगानी गर्न चासो राख्ने विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिरहेकै लगानीकर्ताबाट सुन्न र यहाँ सञ्चालित व्यवसाय हेरेर निर्णय लिनसक्ने बताए।


    अर्थ चाैतारी
  • विहिबार, १४ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट