logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • ग्लोबल स्मार्ट प्लसबाट मौलाकालिका केबलकारको टिकट किन्दा १० प्रतिशत छुट

    ग्लोबल स्मार्ट प्लसबाट मौलाकालिका केबलकारको टिकट किन्दा १० प्रतिशत छुट

    702
    SHARES
    ग्लोबल स्मार्ट प्लसबाट मौलाकालिका केबलकारको टिकट किन्दा १० प्रतिशत छुट

    काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडले नवलपुर जिल्लाको गैडाकोटमा रहेको मौलाकालिका केबलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध हुने योजना सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत बैंकको मोबाइल एप्लिकेसन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा टिकट खरिदको १० प्रतिशतसम्म छुट पाउनेछन्।



     

    बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिसँगको साझेदारीमा सार्वजनिक गरेको यस योजनाअन्तर्गत मौलाकालिका केवलकार टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म छुटको लागि योग्य हुनेछन्। बैंकले ग्लोबल स्मार्ट प्लस र क्यूआरमार्फत गरिने भुक्तानी प्रक्रियालाई प्रवर्द्धन गर्न तथा यो छुट योजना सार्वजनिक गरेको हो। यो छुट योजना सीमित अवधिको लागि रहनेछ।

     

     

    आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ। ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५७ शाखा कार्यालय, ३५७ एटीएम, ३२२ शाखारहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ।


    अर्थ चाैतारी
  • विहिबार, १४ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट