logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • एनएमबी स्मार्ट नारी बचत खाताका ग्राहकलाई सामसङका उत्पादनमा २३ प्रतिशतसम्म छुट

    एनएमबी स्मार्ट नारी बचत खाताका ग्राहकलाई सामसङका उत्पादनमा २३ प्रतिशतसम्म छुट

    611
    SHARES
    एनएमबी स्मार्ट नारी बचत खाताका ग्राहकलाई सामसङका उत्पादनमा २३ प्रतिशतसम्म छुट

    काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरुलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट गराउने भएको छ। यसका लागि सामसङ (हिम इलेक्ट्रोनिक्स प्रालि)सँग साझेदारी गरेको छ।



     

    ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट र ईएनएमबी मोबाइल एपमार्फत भुक्तानी गर्दा थप १५ सय रुपैयाँसम्म छुट पाउनेछन्। यस साझेदारीको उद्देश्य ग्राहकहरूलाई नवीनतम र सबैभन्दा एड्भान्स घरेलु उपकरणहरूमा पहुँच सुनिश्चित गर्ने रहेको बैंकले जनाएको छ।

     

    अफरमार्फत, एनएमबि बैंकका ग्राहकहरूले पर्याप्त छुटको मजा लिँदै सामसङको उच्च गुणस्तरको वासिङ मेसिन र माइक्रोवेभ ओभनहरूबाट सजिलै आफ्नो घर अपग्रेड गर्न सक्नेछन्। यो अफर प्राप्त गर्नका लागि ग्राहकसँग एनएमबि स्मार्ट नारी बचत खाता हुनुपर्छ। यो अफर सीमित अवधिको लागि मान्य रहने बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १४ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट