logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • राष्ट्र बैंकद्वारा डिजिटल भुक्तानी प्रवर्द्धनमा कनेक्ट-आईपीएस प्रणालीलाई सम्मान

    राष्ट्र बैंकद्वारा डिजिटल भुक्तानी प्रवर्द्धनमा कनेक्ट-आईपीएस प्रणालीलाई सम्मान

    676
    SHARES
    राष्ट्र बैंकद्वारा डिजिटल भुक्तानी प्रवर्द्धनमा कनेक्ट-आईपीएस प्रणालीलाई सम्मान

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपालको विद्युतीय भुक्तानी प्रवर्द्धनमा योगदान पुर्याएको हुँदा नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सम्बन्धन संस्थाहरुले सञ्चालनमा ल्याएका संयन्त्र ÷ प्रणालीहरुमध्ये नेपाल क्लियरिङ हाउसको कनेक्ट–आईपीएस प्रणालीले खेलेको भूमिकालाई कदर गर्दै सम्मान गरेको छ। नेपाल राष्ट्र बैंकको ६८ औँ वार्षिकोत्सवका अवसरमा गर्भनर महाप्रसाद अधिकारीले नेपाल क्लियरिङ हाउसलाई प्रशंसापत्र प्रदान गरेका हुन्।



     

    राष्ट्र बैंकले चालु आर्थिक वर्षलाई विद्युतीय भुक्तानी प्रवर्द्धन वर्षको रुपमा मनाउँदै आएको छ। वार्षिकोत्सवको विशेष अवसरका दिनमा डिजिटल भुक्तानी प्रणालीका सेवाहरु सञ्चालन गर्दै आइरहेका विभिन्न संघसंस्थालाई राष्ट्र बैंकले सम्मान गरेको हो। कनेक्ट–आईपीएस प्रणालीले नेपालको रिटेल भुक्तानीको क्षेत्रमा खेलेको उल्लेख्य भूमिका र यसमार्फत गर्दै आएको विद्युतीय भुक्तानी कारोबारले पारेको प्रभावलाई उच्च मूल्यांकन गरी उक्त प्रशंसापत्र प्रदान गरिएको हो।

     

    यो सम्मानले एनसीएचएललाई आफूले गर्दै आएका कामप्रति थप जिम्मेवारी बोध गराएको छ भने उक्त कार्यलाई निरन्तरता दिन थप प्रोत्साहितसमेत जनाएको छ। आर्थिक वर्ष २०७९–८० को चैत मसान्तसम्म कनेक्टर–आईपीएसमार्फत २८.४९ खर्ब रुपैयाँको कारोबार फर्छ्यौट गरेको छ। उक्त प्रणालीबाट खाता तथा वालेटमा गरिने फन्ड ट्रान्सफर, व्यावसायिक भुक्तानीहरु नेपाल सरकारको राजस्व, सेवाबापतको रकम संकलन तथा विभिन्न भुक्तानीका कारोबारहरु हुँदै आएका छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट