logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • वर्ल्डलिंक र पब्जी मोबाइलबीच सहकार्यको सम्झौता

    वर्ल्डलिंक र पब्जी मोबाइलबीच सहकार्यको सम्झौता

    1K
    SHARES
    वर्ल्डलिंक र पब्जी मोबाइलबीच सहकार्यको सम्झौता

    काठमाण्डौ । विश्वको अग्रणी मोबाइल गेममध्येको एक पब्जी मोबाइल र इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले आपसमा सहकार्य गर्ने भएका छन् । पछिल्लो समय नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै गइरहेको छ भने पब्जी मोबाइलका विश्वभर ५० लाखभन्दा धेरै प्रयोगकर्ता छन् ।



     

    सम्झौता कार्यक्रममा बोल्दै वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत दिलिप अग्रवालले भने, ‘मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा, गेमिङ समुदायको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोशलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ ।’

     

    आपसी सम्झौतामा हस्ताक्षर गर्दै कम्पनीहरुले साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभूतपूर्व कदमको रूपमा लिएका छन् । र, यसले रोमाञ्चक गेमिङको जीवन्त अनुभवलाई आत्मसात गर्न तत्पर रहेको कम्पनीले बताएको छ । ‘थुप्रै विशेषता एवं सुविधाहरूका साथ, नेपाली मोबाइल गेमरहरूले पूर्ण रूपमा नयाँ तहको उत्साह एवं गेमिङको अनुभव प्राप्त गर्न सक्नुहुने छ जसले गेमिङ प्रतिको दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ,’ अग्रवालले भने ।

     

    यस साझेदारीको महत्वबारे बताउँदै टेन्सेन्ट साउथ एसिया पब्लिसिङका सहायक निर्माताले भने, ‘मोबाइल गेमिङको इकोसिस्टम परिवर्तन ल्याई नयाँ ब्रान्डका रूपमा नेपाल हाम्रा लागि प्रमुख क्षेत्र बनेको छ । यो खेलको लोकप्रियता मात्र होइन, यस खेलका प्रतिभाहरुले ग्लोबल एस्पोट्र्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएका छन् ।’ यो साझेदारीले नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्ने कम्पनीको विश्वास छ ।


    अर्थ चाैतारी
  • आइतबार, १७ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट