logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’, ग्राहकलाई छन् यस्ता सुविधा

    नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’, ग्राहकलाई छन् यस्ता सुविधा

    663
    SHARES
    नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’, ग्राहकलाई छन् यस्ता सुविधा

    काठमाण्डौ । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ (नेसनल आईसीटी डे २०२३)का अवसरमा ग्राहकका लागि आईसीटी डे अफर ल्याएको छ।



     

    यो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको हो। यो अफर आज वैशाख १७ गतेदेखि प्रारम्भ भएको छ भने वैशाख १९ गतेसम्म लागू हुनेछ। यस अफरअन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ।

     

    यसैगरी डाटा प्याकेजअन्तर्गत रु. ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ। ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ यही वैशाख १९ गते मनाइँदैछ।


    अर्थ चाैतारी
  • सोमबार, १८ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट