logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नेपालको सबैभन्दा द्रुत गतिको अल्टिमेट स्कुटर यामाहा एरोक्स १५५ अब चितवनमा

    नेपालको सबैभन्दा द्रुत गतिको अल्टिमेट स्कुटर यामाहा एरोक्स १५५ अब चितवनमा

    741
    SHARES
    नेपालको सबैभन्दा द्रुत गतिको अल्टिमेट स्कुटर यामाहा एरोक्स १५५ अब चितवनमा

    काठमाण्डौ । चितवनको नारायणगढमा यामाहाको यामाहा एरोक्स १५५ मोडलको स्कुटर आइतबारदेखि बिक्री बितरण सुरु भएको छ। नविन अटो सेन्टरले बहुप्रतिष्ठित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ विक्री वितरण सुरु गरेको नविन अटो सेन्टरका एम डी कपिलसागर कर्माचार्यले जानकारी दिए । १५५ सिसीको ‘आर’ डिएनए इन्जिनले १५ पिएस पावर दिने कम्पनीको भनाइ छ ।



    अगाडिका एलइडी हेडलाइटले रात्रि समयमा पनि उत्कृष्ट भिजिबिलिटी प्रदान गर्ने तथा पछाडिको टेल लाइटमा बाह्र कम्प्याक्ट एलइडी रहेकाले बाइकको सौन्दर्यमा आधुनिकताको स्पर्श थप्दै थ्रिडीको आवरण दिने उल्लेख छ ।
    यामाहा एरोक्स १५५ रेसिङ ब्लू, ग्रे वर्मिलियन, र मेटालिक ब्ल्याक गरी तीन रङमा उपलब्ध रहेको जनाइएको छ । यसको मूल्य ४ लाख ७४ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

    बिक्री प्रारम्भको अवसर पारेर नविन अटो सेन्टरका एम डी कपिलसागर कर्माचार्यले एरोक्स १५५ नेपालको स्कुटर बजारमा नयाँ मोड भएको बताए । उनले भने, ‘यसले नयाँ र अनुभवी राइडरहरू दुवैका लागि पफर्मेन्स, स्टाइल, राइडिङ अनुभव जस्ता विषयमा नयाँ मापदण्ड स्थापित गरेको छ ।

    साथै स्कुटरको शक्तिशाली इन्जिन, अत्याधुनिक प्रविधि वाइकनेक्ट जस्ता सुविधाले गर्दा कति कि.मी गुडेको ,माइलेज  थाहा पाउन सकिने एमएडब्लु इन्टरप्राइजेज काठमाण्डौका रिजनल सेल्स मेनेजर राम बोगटीले बताए । आकर्षक डिजाइनका कारण नेपालका दुईपांग्रे सवारीसाधनप्रेमीले यसलाई अत्यधिक मन पराउने उहाँको भनाई छ।
    यसले विशिष्ट र स्लीक एरोडायनामिक स्पोर्टी डिजाइनको साथ एरोक्स १५५ मा गति र शक्तिको सम्मिश्रण रहेको छ । प्रदर्शन, शैली र सवारी अनुभवका लागि यसले नयाँ मानक सिर्जना गर्ने जनाइएको छ ।

    यामाहा एरोक्स १५५ मा लिक्विड कूल्ड इन्जिन रहेको छ जसले यसलाई १२० किमी प्रतिघन्टाको उच्च गति भएको नेपालको सबैभन्दा छिटो स्कूटर बनाउँछ । भने यो स्कुटर १५५ सीसीको रहेको नविन अटो सेन्टरका एम डी कपिलसागर कर्माचार्यले जानकारी दिए ।

    विक्री प्रारम्भको अवसरमा नविन अटो सेन्टरका एम डी कपिल सागर कर्माचार्य ले भने, “एरोक्स १५५ नेपालको स्कुटर बजारमा नयाँ मोड हो। यसले नयाँ र अनुभवी राइडरहरु दुवैका लागि परफर्मेन्स, स्टाइल, राइडिङ एक्सपेरियनस लागि नयाँ स्ट्यान्डर्ड स्थापित गरेको छ । यामाहा एरोक्स १५५ को शक्तिशाली इन्जिन, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका कारण नेपालका दुई पाङ्ग्रे सवारी साधन प्रेमीहरूले यसलाई राम्रोसँग स्वीकार गर्नेछन् भन्नेमा म विश्वस्त छु ।

     


    अर्थ चाैतारी
  • सोमबार, १८ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट