logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • एफएनसीसीआईमा उच्चस्तरीय विज्ञ समूह गठन, सरकारलाई राय-सुझाव पेस गर्न थप सहयोग पुग्ने विश्वास

    एफएनसीसीआईमा उच्चस्तरीय विज्ञ समूह गठन, सरकारलाई राय-सुझाव पेस गर्न थप सहयोग पुग्ने विश्वास

    1.7K
    SHARES
    एफएनसीसीआईमा उच्चस्तरीय विज्ञ समूह गठन, सरकारलाई राय-सुझाव पेस गर्न थप सहयोग पुग्ने विश्वास

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ।



    अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव दिने उद्देश्यले महासंघद्वारा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गर्नुभएका विशिष्ट व्यक्तित्वहरु संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरिएको हो। समूहमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल, नेपाल सरकारका पूर्वसचिव पुरुषोत्तम ओझा र शिशिर ढुंगाना, अर्थविदहरु केशव आचार्य, डा. कल्पना खनाल र डा. गणेश गुरुङ छन्।

     

    विज्ञ समूहको पहिलो बैठक मंगलबार महासंघको सचिवालयमा बसेको छ। विज्ञ समूहको गठनबाट महासंघका सल्लाह–सुझावलाई प्रभावकारी रुपमा सरकारमा पेस गर्न थप सहयोग पुग्ने विश्वास महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरे। पहिलो बैठकमा वर्तमान आर्थिक अवस्थाबाट अर्थतन्त्र सुधार गर्न केन्द्रीय बैंक र सरकारले निजी क्षेत्रको विश्वास बढाउनुपर्नेमा जोड दिइएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट