logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • ग्राउन्ड ह्यान्डलिङको मुद्दामा प्राधिकरणले सोध्यो निगमलाई स्पष्टीकरण

    ग्राउन्ड ह्यान्डलिङको मुद्दामा प्राधिकरणले सोध्यो निगमलाई स्पष्टीकरण

    884
    SHARES
    ग्राउन्ड ह्यान्डलिङको मुद्दामा प्राधिकरणले सोध्यो निगमलाई स्पष्टीकरण

    काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगम (एनएसी) का कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साबिकको शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय भए पनि सो कार्यान्वयन नभएको भन्दै प्राधिकरणले नियमसँग स्पष्टीकरण सोधेको हो ।



     

    हालसालै निर्माण सम्पन्न भई अप्रेसनमा आएको विमानस्थलको आकर्षण बढाउने भन्दै सरकारले जहाज अवतरण शुल्क, बिसान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुटको व्यवस्था गरेको छ भने ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशत छुट दिने निर्णय गरेको थियो । तर, ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी पाएको वायुसेवा निगमले छुट नदिएको प्राधिकरणले जनाएको छ ।

    यसै मुद्दामा निगमको कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । ‘प्राधिकरणद्वारा निर्धारित ग्राउन्ड ह्यान्डलिङ सम्बन्धी नयाँ सेवा शुल्क तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय कार्यान्वयन नगरेकोमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई एकाउन्टेबल म्यानेजरबाट किन नहटाउने ? ‘ भन्ने ब्यहोराको स्पष्टीकरण प्राधिकरणले सोधेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २० बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट