logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको सबै उडान, काठमाण्डौका लागि उडेको जहाज भैरहवा फर्कियो

    प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको सबै उडान, काठमाण्डौका लागि उडेको जहाज भैरहवा फर्कियो

    702
    SHARES
    प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको सबै उडान, काठमाण्डौका लागि उडेको जहाज भैरहवा फर्कियो

    काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन-एएनइ (डीएचसी-८-४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त जहाज सञ्चालनमा रोक लगाइएको हो ।



    भैरहवाबाट काठमाण्डौका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि बीच बाटोबाटै भैरहवा फर्किएको थियो । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दूरीमा पुग्दा जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः सोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

    जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएकाले पुनः गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । अवतरणका क्रममा धावनमार्ग मै जहाज अड्किएकोमा सो जहाजको प्राविधिक मर्मतपछि धावनमार्गबाट निकालिएको थियो ।


    अर्थ चाैतारी
  • मंगलबार, २६ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट