logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • अध्यक्ष ढकाल र आइएलओ देशीय निर्देशकबीच भेटवार्ता

    अध्यक्ष ढकाल र आइएलओ देशीय निर्देशकबीच भेटवार्ता

    624
    SHARES
    अध्यक्ष ढकाल र आइएलओ देशीय निर्देशकबीच भेटवार्ता

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठनका नेपालका लागि देशीय निर्देशक नुमान ओजकानबीच भेटवार्ता भएको छ ।



     

    भेटका अवसरमा महासंघका अध्यक्ष ढकालले विद्यमान आर्थिक अवस्था, श्रम सम्बन्ध र महासंघको वर्तमान नेतृत्वले अगाडि सारेका मुख्य प्राथमिकताका विषयबारे जानकारी गराउँदै आइएलओबाट प्राप्त सहयोगको प्रशंसा गरे ।

     

    अध्यक्ष ढकालले आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने लगायतका महासंघको प्राथमिकतालाई सफल पार्न महासंघ र आइएओको सहकार्यमा जोड दिए ।

     

    सो अवसरमा आइएलओका देशीय निर्देशक नुमान ओजकानले शीप विकास, पेशागत स्वास्थ्य सुरक्षा, सामाजिक सुरक्षा र सामाजिक संवादको विषयमा चर्चा गर्दै समावेशी आर्थिक विकासमा जोड दिए । उनले महासंघसंगको सहकार्य र सहयोग आउँदा दिनमा पनि निरन्तर रहने प्रतिबद्धता जनाए ।


    अर्थ चाैतारी
  • मंगलबार, २६ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट