logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • काठमाण्डौ महानगरका सामुदायिक विद्यालयको प्रधानाध्यापकको तलब वृद्धि, शिक्षकहरुले मासिक तलब पाउने

    काठमाण्डौ महानगरका सामुदायिक विद्यालयको प्रधानाध्यापकको तलब वृद्धि, शिक्षकहरुले मासिक तलब पाउने

    819
    SHARES
    काठमाण्डौ महानगरका सामुदायिक विद्यालयको प्रधानाध्यापकको तलब वृद्धि, शिक्षकहरुले मासिक तलब पाउने

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सामुदायिक विद्यालयका प्राधानाध्यापको तलब वृद्धि गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपमेयर सुनिता डंगोलले महानगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकको मासिक तलब वृद्धिको घोषणा गरेकी हुन् ।



     

    साथै महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले मासिक तलब पाउने भएका छन् । त्यसका लागि ३० करोडको सोध भर्ना कोष खडा गरिएको छ । सामुदायिक विद्यालयका शिक्षकको मासिक तलब भुक्तानी गर्न ३० करोडको सोध भर्ना कोष बनाइएको उपमेयर डंगोलले जानकारी दिइन् । हाल शिक्षकहरुले चौमासिक रुपमा तलब पाउँदै आएका छन् ।

     

    काठमाण्डौ महानगरले शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपैयाँ विनियोजन गरेको छ । बजेटमार्फत ‘गरिखाने शिक्षा महानगरको इच्छा’ नारामार्फत शिक्षालाई प्राथमिकता दिएको छ । कार्यक्रमका लागि ५० करोड रुपैयाँ खर्च छुट्याइएको छ । यसैगरी सामुदायिक विद्यालय परिसरको सरसफाइ र सौन्दर्यीकरण गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । काठमाण्डौ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाले सबैभन्दा धेरै शिक्षा क्षेत्रमा ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १० असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट