logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै

    एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै

    1K
    SHARES
    एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै

    काठमाण्डौ । कक्षा १० को नतिजा प्रकाशनका विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ। २०७९ सालको एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न आज दिउँसो बोर्डको बैठक बोलाइएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। बोर्डको बैठकपछि सम्भवतः आज नै नतिजा सार्वजनिक गरिनेछ।



    यो वर्ष पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिनेछ । बोर्डले गत वर्ष अनुसार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो। बोर्डले २०७८ सालमा ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । उक्त निर्देशिका जारी भएको केही महिनापछि पहिलो पटक संशोधन गर्दै सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याउने विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था गरेको थियो ।

     

    त्यो विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने व्यवस्था उक्त निर्देशिकामा छ । तर, बोर्डले अघिल्लो वर्ष र यो वर्ष पुरानै अक्षरांकन (ग्रेडिङ) विधिमार्फत नतिजा प्रकाशन गर्न लागेको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट चार ८५ लाख ३९६ विद्यार्थी सहभागी भएका थिए ।


    अर्थ चाैतारी
  • विहिबार, २१ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट