काठमाण्डाै । भक्तपुरको सूर्यविनायक नगरपालिका ७, गुन्डुमा संचालनमा रहेको काठमाण्डौ वर्ल्ड स्कुलले न्यून शुल्कमा अन्तर्राष्ट्रिय स्तरको शिक्षाका प्रदान गर्दै आएको छ । ३ लाख वर्ग फिट बराबरको भौतिक संरचना निर्माण कार्य भइरहेको यस स्कुलले अध्यापनको लागि अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त बेलायतको इन्टरनेश्नल प्राइमरी करिकुलम (आइपिसी) को शिक्षण विधिलाई प्राथमिक तहमा र इन्टरनेश्नल मिडिल एर्स करिकुलम (आइएमवाइसी) माध्यमिक तहमा अपनाउँदै आएको छ ।
२०७५ सालमा स्थापना भएको काठमाण्डौ वर्ल्ड स्कुलमा कक्षा १ देखी १२ सम्म ७ सय विद्यार्थी अध्ययन गर्दै आएका छन् । काठमाण्डौ वर्ल्ड स्कुलको परिकल्पना प्रसिद्ध शिक्षा सेवी डा. खगेन्द्रप्रसाद ओझाले गरेको हुन भने उनको परिकल्पनालाई उच्च व्यवस्थापनका साथ शैक्षिक क्षेत्रमा क्रियाशील ई. मिथिलेश झाले साथ दिँदै आएका छन् । सिजी होल्डिङ्सको ठुलो लगानी रहेको काठमाण्डौ वर्ल्ड स्कुलमा सिजी ग्रुपले करिब साढे दुई अर्ब लगानी गरेको हो ।
स्कुलको पहिलो र दोस्रो चरणको निर्माण कार्य लगभग सकिएको छ भने तेस्रो चरणको निर्माण कार्य जारी रहेको छ । सम्पूर्ण निर्माण कार्य पूरा भएपछि विभिन्न तह गरी करिब १ हजार २०० विद्यार्थीले उक्त स्कुलमा अध्ययन गर्नेछन् भने ३८० जना छात्रछात्राहरूको आवास गृह तयार हुनेछ । स्विमिङ पुल सहितको अतिरिक्त क्रियाकलाप भवनमा करिब १५ भन्दा बढी विभिन्न अतिरिक्त क्रियाकलापहरू जस्तै नृत्य, सङ्गीत, मार्सल आर्ट्स, लाउन टेनिस, नाटक, फाइन आर्ट, इनडोर मल्टिपल कोर्ट, फुटसल, लगायतको सुविधा रहेको छ । सेमिनार, विविध सांस्कृतिक कार्यक्रमका लागि दुई वटा हालहरूका साथै करिब ६०० जना क्षमताको अडिटोरियम पनि निर्माणको अन्तिम चरणमा छ ।
स्कुलले राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको पाठ्यक्रममा आधारित कक्षा १ देखि १२ सम्मको आधारभूत र माध्यमिक शिक्षा प्रदान गर्नुका अलावा ए लेभलको अध्यापन पनि गराउँदै आएको छ । उपयुक्त शैक्षिक वातावरणमा विद्यार्थीहरूलाई व्यवहारिक, समाज तथा जीवन उपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले काठमाण्डौ वर्ल्ड स्कुल सञ्चालनमा आएको प्रिन्सिपल केशर खुलाल बताउनुहुन्छ । स्कुल पूर्ण रूपमा सञ्चालनमा आएपछि गुणस्तरीय शिक्षाका लागि अभिभावकहरूले आफ्ना छोराछोरीलाई मुलुकबाट बाहिर लानुपर्ने र सोका लागि बाहिरिएको करोडौँ रकमलाई रोक्न सघाउ पुग्नुका साथै भविष्यमा छिमेकी देशहरूका विद्यार्थीहरूलाई समेत नेपालमा आकर्षण गर्ने काठमाण्डौ वर्ल्ड स्कुलको रणनीतिक योजना रहेको छ । यस्तै लेफ्टिनेन्ट जनरल रिटायर शरद गिरी प्रमुख प्रशासकीय अधिकृतका रूपमा प्रशासनिक व्यवस्थापन समाल्दै आएका छन् ।
न्यून शुल्कमा उच्च सुविधाका साथ अध्यापन गराउँदै आएका छौ: प्रिन्सिपल खुलाल
“म आफै विगत ३० बर्षबढी देखि अध्यापन गराउँदै आएको अनुभव, फिजिक्स शिक्षक पनि हो । पछिल्लो ३ वर्ष देखि काठमाण्डौ वर्ल्ड स्कुलको प्रिन्सिपलको भूमिकामा छु । त्यसअघि बुढानीलकण्ठ स्कुलमा प्रिन्सिपल थिए । म भन्दा तल भाइस प्रिन्सिपल, कोअर्डिनेटरको पनि दशौँ बर्षको अनुभव छ । कक्षा ११ र कक्षा १२ मा पनि यस विद्यालयमा स्थायी शिक्षकको बाहुल्यता रहेको छ । । जसका कारण विद्यार्थीले शिक्षकको सहयोग सजिलै पाउँदै आएका छन् । शुल्कको कुरा गर्नुपर्दा यो धेरै ठुलो लगानीमा बनेको स्कुल हो । हामी कक्षा ११ र कक्षा १२ मा काठमाण्डौ र नेपालमा भएका राम्रा अरू शैक्षिक संस्थाहरूकै हाराहारीमा शुल्क लिइरहेका छौँ । त्यस कारण यो काठमाण्डौ वर्ल्ड स्कुल अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा र गुणस्तर, साधारण शुल्कमा प्रदान गर्ने स्कुल हो । वातावरणकै कुरा गर्ने हो भने पनि यति स्वच्छ, शान्त र राम्रो वातावरण कमै स्कुलमा छ । यहाँ कार्यरत शिक्षकहरू, कर्मचारी हुन या सञ्चालक उनीहरूमा शिक्षा प्रतिको माया,प्रेम, लगाव र इमानदारिता छ । शिक्षामा रुचि भएका देशमै शिक्षा क्षेत्रको विकास गर्नुपर्छ भनेर लागेका व्यक्तित्वहरूले खोलेको प्राइभेट संस्था हो ।”
विदेश जाने सोच बनाएका विद्यार्थीका लागि भाषाको अध्यापन हामी गराउँछौँ: सिनीयर स्कुल कोओर्डिनेटर जोशी
“काठमाण्डौ वर्ल्ड स्कुलमा कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन गरी दुई वटा कार्यक्रम दैनिक बिहान ८ बजेदेखि दिउसो साढे २ बजेसम्म अध्ययन अध्यापनमा छन् । अनि हाम्रो स्कुलमा इसिए र सिइसिए पनि सँग–सँगै लगेका छौँ । हरेक हप्तामा हरेक विद्यार्थीले २–२ घण्टाको इसिए र सिइसिए साथसाथै राम्रो गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौँ । हामी के कुरामा गर्व गर्छौ कि हाम्रो शिक्षकहरू अरू भन्दा दक्ष हुनुका साथै काठमाण्डौ वर्ल्ड स्कुलमा मात्रै अध्यापन गराउनुहुन्छ । पढाइको विषयमा कुरा गर्दा खेरी चाहिँ हामी सर्वाङ्गीण विकासको कुरा गर्छौ । सर्वपक्षीय सिकाइको कुरा गर्छौ यसैलाई नै हामीले अगाडी बढाइरहेका छौँ । चाहिएको खण्डमा विद्यार्थीलाई अतिरिक्त कोचिङको व्यवस्था पनि गरेका छौँ । अरूभन्दा हामी के फरक छौँ भने हामीले शिक्षा दिए पनि विद्यार्थीको करियर रिलेटेड कुराहरू फोकस गर्छौ । शिक्षाको साथसाथै विद्यार्थीले भविष्यमा विदेश नै जाने हो भने त्यही अनुसारको करियर प्लान बनाइदिन्छौँ । त्यससँगै नेपालका विभिन्न विश्वविद्यालयमा विभिन्न विषय पढ्ने सोचमा पनि हामी मार्गदर्शक बन्छौ । यो मात्र होइन विदेश जाने सोच बनाएका विद्यार्थीका लागि भाषाको कुरा गर्दा फ्री ल्याग्वेजमा स्पेनिस, चाइनिज, फ्रेन्च भाषाको अध्यापन हामी गराउँछौँ ।”