logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • एलआइसी नेपालको २०औं वार्षिक साधारण सभा सम्पन्न

    एलआइसी नेपालको २०औं वार्षिक साधारण सभा सम्पन्न

    793
    SHARES
    एलआइसी नेपालको २०औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा लिसारा रिसेप्सन भगवली बहाल नक्साल, काठमाण्डौमा सम्पन्न भएको कम्पनीले बताएको छ ।



     

    सभाले संचालक समितिको वार्षिक प्रतिवेदन २०७७ /७८ प्रस्तुत गरी अनुमोदन गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७७ /७८ को नाफा, नोक्सान हिसाब नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको छ ।

    सभाले लेखारीक्षक नियुक्ती गर्ने, नीजको पारीश्रमिक निर्धारण गर्ने,संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकहरुको नियुक्तिलाई अनुमोदन गरेको छ । हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारणको हिस्सा ७०ः३० बाट परिवर्तन गरी ६५ः३५ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १८ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट