logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • पर्यटन बोर्डका कर्मचारीले यौन शोषण गरेको आरोप, दूतावासले माग्यो जवाफ

    पर्यटन बोर्डका कर्मचारीले यौन शोषण गरेको आरोप, दूतावासले माग्यो जवाफ

    832
    SHARES
    पर्यटन बोर्डका कर्मचारीले यौन शोषण गरेको आरोप, दूतावासले माग्यो जवाफ

    काठमाण्डौ । नेपाल पर्यटन बोर्डकै कर्मचारीले विदेशी नागरिकलाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । बोर्डका कर्मचारीले विदेशी नागरिकलाई मात्रै होइन नेपाली नागरिकमाथि समेत दुर्व्यवहार गरेको आरोप लागेकाे छ ।



     

    बोर्डका कर्मचारी गोविन्द वलीले कार्यालयको भान्छामा काम गर्ने एक युवतीमाथि यौन शोषण गरेको आरोप छ । उनले ती युवतीलाई जागिरको प्रलोभन देखाएर पटक–पटक यौन शोषण गरेको पीडितको भनाई छ । बार्डकै अर्का कर्मचारीले एक विदेशी महिलालाई यौन दुव्र्यवहार गरेको खुलेको छ । बोर्डको उच्च पदस्थ मध्येका सुमन घिमिरे सन् २०१८/१९ मा चिन भ्रमणमा रहँदा एक कोरियन नागरिकलाई यौन शोषण गरेको आरोप छ । उनले घटाएको यो व्यवहारका कारण माथिल्लो निकाय मात्रै होइन दूतावासलाई सम्म जवाफ दिनु परेको थियो ।

     

    बोर्डका निर्देशक मणिराज लामिछानेले आफ्नो कार्यलयभित्र महिला कर्मचारीमाथि यौन हिंसात्मक क्रियाकलाप गर्दै आएका स्रोतले बताएको छ । योसँगै लामिछानेले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध (आइआर) विषय अध्ययन गर्ने क्रममा विदेशी सहपाठी छात्रालाई समेत यौन हिंसा गरेको आरोप छ ।

     

    यस विषयमा प्रतिक्रिया लिन बोर्डका कर्मचारी गोविन्द वलीलाई सम्पर्क गर्दा आफ्नो चरित्र हत्या गर्न खोजिएको बताए । “यो सारसर गलत कुरा हो । कसैले रचेको साजिस हो । मलाई यसबारे केही थाहा छैन,” वलीले भने,“मसँग व्यक्तिगत रिसिइबी भएका व्यक्तिहरुले मेरो चरित्र हत्या गर्न यस्तो घामड कुरा गरेको हुनु पर्छ ।” उनी बार्डमा विगत २० वर्षदेखि कार्यरत कर्मचारी हुन् । आरोप लागेका समुन घिमिरेले पनि आफुमाथिको आरोप गलत भएको दाबी गरेका छन् । उनले भने,“यो म माथिको झुटो आरोप हो । यो गतल कुरा कसरी आयो ? यो मिस अन्टरस्टान्डिङ हो ।”

     

    यता निर्देशक लामिछाने भने आफूमाथिको आरोप कल्पना भन्दा बाहिरको रहेको दाबी गर्छन् । “यो कुरा कल्पनाभन्दा बाहिरको कुरा हो । यस्तो नचाहिने कुरा कसरी बाहिर आयो ? कुनै विदेशी छात्रामाथि मैले यस्तो काम गरेको छैन । हाम्रो कार्यलयमै खासै महिला कर्मचारीहरु छैनन् । त्यसमाथि आफ्नै काम भ्याईनभ्याई हुन्छ । यो सरासर गलत कुरा हो । ” उनले भने ।


    अर्थ चाैतारी
  • शनिबार, २७ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट