logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • अघि बढ्यो प्रस्तावित सहकारी बैंक दर्ता प्रक्रिया

    अघि बढ्यो प्रस्तावित सहकारी बैंक दर्ता प्रक्रिया

    676
    SHARES
    अघि बढ्यो प्रस्तावित सहकारी बैंक दर्ता प्रक्रिया

    काठमाण्डौ । नेपाल सहकारी बैंक लिमिटेडको तदर्थ सञ्चालक समितिको बैठकले प्रस्तावित नेपाल सहकारी बैंक दर्ता प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । शुक्रबार सम्पन्न छैठौ बैठकले प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।



    तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले अबको केही महिनापछि बैंक सञ्चालनमा आउने दाबी गरेका छन् । बैठकले नेपाल राष्ट्र बैंकसँग आशयपत्र प्राप्त गरेपछि आशयपत्रको आधारमा सहकारी विभागले सञ्चालन स्वीकृति दिनेछ । तदर्थ समितिका अध्यक्ष भण्डारीले सो प्रक्रिया अघि बढाउन बैठकले निर्णय गरेको जानकारी दिनुभयो । बैंक स्वीकृति दिन सबै सरोकारवाला निकाय सकारात्मक देखिएको छ ।

    यसअघि तदर्थ सञ्चालक समितिका अध्यक्ष भण्डारीले प्रस्तावित बैंकको अवधारणा पत्र र सम्भाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर लगायत उच्च अधिकारी समक्ष प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा गभर्नर अधिकारीले बैंक स्वीकृति दिन सकारात्मक रहेको बताएका थिए ।

    साढे दुई अर्ब रुपैयाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापीरुपमा विस्तार गरिने उनको भनाई थियो ।
    त्यस्तै ०७७ माघ १० गते सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम सहकारी विभागमा बैंक सञ्चालन गर्न निवेदन दर्ता भएको थियो । ०७८ जेठ २४ गते सहकारी विभागबाट नेपाल राष्ट्र बैंकको नाममा “प्रस्तावित सहकारी बैंक” लाई नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति पत्र उपलब्ध गराउनको लागी पत्राचार भएको थियो ।


    अर्थ चाैतारी
  • शनिबार, ९ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट