logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • प्रस्तावित सहकारी बैंक दर्ता प्रक्रिया अघि बढ्यो

    प्रस्तावित सहकारी बैंक दर्ता प्रक्रिया अघि बढ्यो

    585
    SHARES
    प्रस्तावित सहकारी बैंक दर्ता प्रक्रिया अघि बढ्यो

    काठमाण्डौ । नेपाल सहकारी बैंक लिमिटेडको तदर्थ सञ्चालक समितिको बैठकले प्रस्तावित नेपाल सहकारी बैंक दर्ता प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । शुक्रबार सम्पन्न छैठौ बैठकले प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।



    तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले अबको केही महिनापछि बैंक सञ्चालनमा आउने दाबी गरेका छन् । बैठकले नेपाल राष्ट्र बैंकसँग आशयपत्र प्राप्त गरेपछि आशयपत्रको आधारमा सहकारी विभागले सञ्चालन स्वीकृति दिनेछ । तदर्थ समितिका अध्यक्ष भण्डारीले सो प्रक्रिया अघि बढाउन बैठकले निर्णय गरेको जानकारी दिनुभयो । बैंक स्वीकृति दिन सबै सरोकारवाला निकाय सकारात्मक देखिएको छ ।

    यसअघि तदर्थ सञ्चालक समितिका अध्यक्ष भण्डारीले प्रस्तावित बैंकको अवधारणा पत्र र सम्भाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर लगायत उच्च अधिकारी समक्ष प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा गभर्नर अधिकारीले बैंक स्वीकृति दिन सकारात्मक रहेको बताएका थिए ।

    साढे दुई अर्ब रुपैयाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापीरुपमा विस्तार गरिने उनको भनाई थियो । सहकारी ऐन २०७४ को दफा १२ मा सहकारी बैंकले संस्था वा सङ्घको बचत स्वीकार गर्ने, त्यस्तो संस्था वा संघलाई ऋण प्रवाह गर्ने वा बैंकिंङ सेवा उपलब्ध गराउने उद्देश्य लिई संस्था वा सङ्घ आपसमा मिली नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिई सहकारी बैङ्कहरू गठन गर्न सकिने व्यवस्था गरिएको छ ।

    त्यस्तै ०७७ माघ १० गते सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम सहकारी विभागमा बैंक सञ्चालन गर्न निवेदन दर्ता भएको थियो । ०७८ जेठ २४ गते सहकारी विभागबाट नेपाल राष्ट्र बैंकको नाममा “प्रस्तावित सहकारी बैंक” लाई नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति पत्र उपलब्ध गराउनको लागी पत्राचार भएको थियो ।


    अर्थ चाैतारी
  • आइतबार, १० भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट