logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • जाजरकोटमा अख्तियारको टोलीमाथि स्थानीयको आक्रमण

    जाजरकोटमा अख्तियारको टोलीमाथि स्थानीयको आक्रमण

    689
    SHARES
    जाजरकोटमा अख्तियारको टोलीमाथि स्थानीयको आक्रमण

    काठमाण्डाै । जाजरकोटमा अख्तियारको टोलीमाथि स्थानीयले आक्रमण गरेका छन्।शुक्रबार दिउँसो भेरी नगरपालिका ५ मा निर्मित वडा कार्यालयको भवन निरीक्षण गर्न गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीमाथि स्थानीयले आक्रमण गरेका हुन्। अख्तियारका पाँच जना कर्मचारी भवन निरीक्षणमा गएका थिए ।



     

    स्थानीय चक्रबहादुर मल्लसहितका ४ जनाको समूहले अख्तियारको टोलीमाथि आक्रमण गरेका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। आक्रमणबाट अख्तियारका कर्मचारी सवार गाडीका चालक मानबहादुर ठाडा मगर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाका अनुसारआक्रमणमा संलग्न मल्लसहित तीनजना पक्राउ परेका छन्।

    भवन निर्माणको मुचुल्कामा सही गर्ने विषयमा विवाद हुँदा अख्तियारको टोलीमाथि आक्रमण भएको डीएसपी रोकाले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


    अर्थ चाैतारी
  • शनिबार, २३ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट