logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • इच्छाराजको सिभिल सहकारी समस्याग्रस्त घोषणा

    इच्छाराजको सिभिल सहकारी समस्याग्रस्त घोषणा

    676
    SHARES
    इच्छाराजको सिभिल सहकारी समस्याग्रस्त घोषणा

    काठमाण्डौ । बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । प्रदेश सरकार अन्तर्गत रहेको सिभिल सहकारीलाई प्रदेशको मन्त्रालयले नै संकटग्रस्त घोषणा गरेर संघमा पठाएको हो । भूमी व्यवस्था तथा सहकारी मन्त्रालयको उच्च स्रोतका अनुसार प्रदेशको सहकारी मन्त्रालयले नै सिभिल सहकारीलाई संकटग्रस्त घोषणा गरेको हो ।



    ‘सिभिल सहकारी प्रदेशको मातहतमा पर्छ, त्यसैले पनि बागमती प्रदेश अन्तर्गतको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो, प्रदेशले सहकारीलाई समस्याग्रस्त गर्नका लागि केही कानुनी अड्चन पनि भएकोले समस्याग्रस्त घोषणा गरेको फाइल केन्द्रमा पठाउने कुरा भइरहेको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

    बचतकर्ताको बचत ठगी गरेको आरोपमा सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङ र उनकी श्रीमती सिर्जना शाक्यसहित केही सञ्चालकहरु अहिले जेलमा छन् । १ हजार ४९९ जना पीडित बचतकर्ताबाट ५ अर्ब ६७ करोड ९ लाख ७६ हजार रुपैयाँको लिखित उजुरी परेको थियो ।

    यस्तै, भूमी, व्यवस्था तथा सहकारी मन्त्रालयले शिवशिखर सहकारीलाई पनि संकटग्रस्त घोषणा गर्ने तयारी गरेको छ । मन्त्रालय स्रोतका अनुसार शिबशिखर सहकारीलाई केही दिनभित्रै संमस्याग्रस्त घोषणा गर्ने तयारी भइरहेको छ । बचतकर्ताको रकम ठगीको आरोपमा शिबशिखरका पूर्व अध्यक्ष केदार शर्मा र उनकी श्रीमती गिता शर्मासहितका केही सञ्चालकहरु अहिले जेलमा छन् ।

    पछिल्लो समय सरकारले धमाधम सहकारीलाई समस्याग्रस्त घोषणा गरिरहेको छ । गत असारमा मन्त्रालयले पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा गरेकाे थियाे । नियमअनुसार वित्तीय कारोबार गर्न नसकेका वा नगरेका सरकारीलाई सहकारी विभागको सिफारिसमा सहकारी मन्त्रालयले समस्याग्रस्त घोषणा गर्छ ।


    अर्थ चाैतारी
  • सोमबार, २५ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट