logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • बचतकर्ताको साढे ४ करोड अपचलन गरेको आरोपमा देउराली सहकारीका अध्यक्ष पक्राउ

    बचतकर्ताको साढे ४ करोड अपचलन गरेको आरोपमा देउराली सहकारीका अध्यक्ष पक्राउ

    611
    SHARES
    बचतकर्ताको साढे ४ करोड अपचलन गरेको आरोपमा देउराली सहकारीका अध्यक्ष पक्राउ

    काठमाण्डौ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईलाई पक्राउ गरेको छ । बचतकर्ताको झण्डै साढे ४ करोड रुपैयाँ अपचलन तथा हिनामिना गरेको आरोपमा सीआईबीको टोलीलाई उनलाई पक्राउ गरेको हो ।



     

    संचालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिने भन्दै प्रलोभन देखाएर रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा लगाएका थिए ।

    मासिक,त्रैमासिक र वार्षिक रुपमा ब्याज पाउने तथा निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका बचतकर्ताहरुले रकम जम्मा गरेपनि सहकारीले फिर्ता नगरेपछि पीडित प्रहरीमा उजुरी गरेका थिए ।

    बचतकर्ताहरुको हालसम्म प्राप्त जाहेरी अनुसार चार करोड उनान पचास लाख उनान सय हजार चार सय त्रिचालिस रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना भएको देखिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    काभ्रेको देउराली गाउँपालिका वडा नम्बर ६ स्थायी ठेगाना भएका चौलागाईमाथि आवश्यक अनुसन्धान कार्य भैरहेको अधिकारीले जानकारी दिए । ब्युरोले उक्त सहकारीबाट पीडित अन्य निक्षेपकर्तालाई पनि यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १८ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट