logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • नेपालगञ्जको ‘भ्यु होटल सिद्धार्थ’लाई साउथ एसियन ट्राभल अवार्ड–२०२३

    नेपालगञ्जको ‘भ्यु होटल सिद्धार्थ’लाई साउथ एसियन ट्राभल अवार्ड–२०२३

    1.2K
    SHARES
    नेपालगञ्जको ‘भ्यु होटल सिद्धार्थ’लाई साउथ एसियन ट्राभल अवार्ड–२०२३

    काठमाण्डौ । सिद्धार्थ बिजनेस ग्रुपद्वारा नेपालगञ्जमा सञ्चालित भ्यु होटल सिद्धार्थ ‘साउथ एसियन ट्राभल अवार्ड २०२३’ बाट सम्मानित भएको छ । मिटिङ तथा कन्फ्रेरेन्स होटल/रिसोर्टमा नेतृत्वदायी भूमिका खेलेको भन्दै सो अवार्डबाट होटललाई सम्मानित गरिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले बताए ।



     

    नेपालसहित विभिन्न ६ राष्ट्रको प्रतिनिधित्व रहेको यस संस्थाले हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा क्रियाशील विभिन्न कम्पनीलाई अवार्ड दिँदै आएको छ । जसअन्तर्गत यस वर्षको सो अवार्ड होटल सिद्धार्थ नेपालगञ्जले पाएको हो । होटलका तर्फबाट सो अवार्डकार्यक्रममा ग्रुपका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपाने, कर्पोरेट सेल्स एण्ड मार्केटिङ म्यानेजर निर्पेश श्रेष्ठ र क्लस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्ट सहभागी थिए ।

     

    होटल सिद्धार्थमा विभिन्न क्षमताका ६ वटा हल छन् । १ हजार एक सय जनाभन्दा बढी अट्ने हलसहितका अन्य हलहरूमा विभिन्न सभा/सम्मेलन गर्न सकिने होटलले जनाएको छ । चारतारे स्ट्याण्डर्डको होटल वि.सं.२०६५ भदौदेखि सञ्चालनमा आएको हो । होटलमा स्विट, जुनियर स्विट, फ्यामिली स्विट, डिलक्स र स्ट्याण्डर्ड प्रकृतिका १२५ वटा रुम छन् । होटल चारतारे भएपनि आफुहरुले पाँचतारे स्ट्याण्डर्डको सेवाहरू दिँदै आएको होटलको दाबी छ ।

     

    होटलमा रेस्टुरेन्ट, इन्टरनेसनल कुजिन, रुफटम रेस्टुरेन्ट, पुल बार, डे डाइनिङ लगायतका सुविधा छन् । जहाँ ग्राहकले आफ्नो रुची अनुसारको अनुभव लिन सक्नेछन् । होटलमा १३ हजार ५०० स्क्वायर फिटमा फैलिएको ब्याङ्क्वेट हल छ । साथै स्पा, सलोन र फिटनेस सेन्टर समेत रहेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २४ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट