logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको एजीएमबाट आईपीओ जारीको अजेन्डा पारित

    फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको एजीएमबाट आईपीओ जारीको अजेन्डा पारित

    546
    SHARES
    फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको एजीएमबाट आईपीओ जारीको अजेन्डा पारित

    काठमाण्डौ । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको दोस्रो वार्षिक साधारणसभाबाट सर्वसाधारणमा आईपीओ निष्कासनको अजेन्डा पारित गरेको छ। कम्पनीको आज सम्पन्न वार्षिक साधारणसभाले विशेष प्रस्तावका रुपमा पेस गरिएको आईपीओ निष्कासनको अजेन्डा अनुमोदन गरेको हो।



    सभाले कम्पनीमा रिक्त संस्थापक समूहतर्फको सञ्चालक पदमा नमिता शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय पनि पारित गरेको छ। सभाले कम्पनीको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोन गरेको छ।

    कम्पनी गाभ्ने वा गाभिन, विदेशी साझेदार वा लगानीकर्ता भित्र्याउन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय सभाले स्वीकृत गरेको छ।


    अर्थ चाैतारी
  • विहिबार, २५ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट