काठमाण्डौ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’को मान्यता आधारित भएर क्रियाशील ‘मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड’को आज सम्पन्न १४ औं साधारणसभाले नयाँ संचालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको चयन गरेको छ। साधारणसभामा बागमती प्रदेशका सहकारी रजिस्ट्रार राधाकृष्ण खतिवडा प्रमुख अतिथि थिए ।
अध्यक्ष सुदर्शन पराजुलीले राजिनामा दिनुभएसँगै इन्दमणि पोखरेल नयाँ अध्यक्ष चयन हुनुभएको छ। संचालक समितिमा सुसन कर्माचार्य उपाध्यक्ष, उद्दिमबहादुर देवकोटा सचिव र राजकुमार सुवेदी कोषाध्यक्ष चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा यामकुमार खड्का, धनबहादुर श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कृष्णसागर शर्मा, हेलेन घिमिरे, शान्ता पाण्डे घिमिरे र कमल गिरी चयन भएका छन्।
अर्थ चाैतारी ।