logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, २०.५३ प्रतिशत लाभांश पारित

    एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, २०.५३ प्रतिशत लाभांश पारित

    884
    SHARES
    एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, २०.५३ प्रतिशत लाभांश पारित

    काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ ।



     

    सभाले सेयरधनीहरुलाई आ.ब २०७९/८० का लागि १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले प्रस्तावित बोनस सेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी वृद्दि हुने भएकोले जारी र चुक्ता पूँजी वृद्दि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

     

    बैंकको साधारण सभाले आ.ब २०८०/८१ को लागि एन. अमात्य एंड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ३० असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट