logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • सडक सञ्जाल सुधार तथा विस्तार गर्न सरकार र एडीबी बीच १३ अर्ब बराबरको ऋण सम्झौता

    सडक सञ्जाल सुधार तथा विस्तार गर्न सरकार र एडीबी बीच १३ अर्ब बराबरको ऋण सम्झौता

    1K
    SHARES
    सडक सञ्जाल सुधार तथा विस्तार गर्न सरकार र एडीबी बीच १३ अर्ब बराबरको ऋण सम्झौता

    काठमाण्डौ । सरकार र एसियाली विकास बैंक (एडीबी) बीच सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब १३ अर्ब रुपैयाँ(१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।



    मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि एडीबीका देशीय निर्देशक आर्नोड काओसिसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका लागि यो एडीबीबाट भएको अतिरिक्त वित्तीय लगानी हो । कुल ३२४ किलोमिटर सडक सञ्जाल सुधार तथा विस्तारका लागि यो रकम खर्च गरिनेछ । सो अवसरमा अर्थसचिव पुष्करले प्रदेश सरकारले कार्यान्वयन गर्ने यो परियोजनाले समावेशी विकासको अवधारणा र सङ्घीयता कार्यान्वयनलाई सघाउने बताए ।

     

    ‘ग्रामीण क्षेत्रमा समावेशी विकास र आर्थिक सवलीकरणसँगै यो परियोजनाले सङ्घीयता कार्यान्वयनमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ’, अर्थसचिव पुष्करले भने , ‘बाढीपहिरोलगायतका समस्याबाट सडक सञ्जालसँगै ग्रामीण जनजीवन पनि बिग्रिएको छ । यो परियोजनाले उक्त समस्या समाधानमा भूमिका खेल्नेछ ।’

    एडीबीका देशीय निर्देशक आर्नोड काओसिसले विभिन्न पाँच प्रदेशमा गुणस्तरीय र पर्यावरणमैत्री सडक पूर्वाधार निर्माणका लागि यो ऋण सम्झौता भएको बताए । सडक मर्मतसम्भारसँगै पुल निर्माण, सडक सुरक्षा तथा व्यवस्थापनलगायतका काम यो आयोजनामार्फत् गरिनेछन् ।


    अर्थ चाैतारी
  • मंगलबार, १४ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट