चितवन । विकू बचत तथा ऋण सहकारी संस्था लि र चितवन आँखा अस्पताल बिच सदस्यहरुलाई आँखा जाँच सेवामा छुट सम्बन्धी शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । विकू साकोसका सदस्यहरुले अब सम्झौता बमोजिम आँखा उपचारमा अबदेखि २० प्रतिशत छुट पाउने छन् ।
सम्झौता पत्रमा विकू बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेल र चितवन आँखा अस्पतालका प्रवन्ध निर्देशक प्रदीप पौडेलले हस्ताक्षर गरेका हुन् । साथै आवश्यकताको आधार र समय समयमा सदस्य, सदस्यका परिवार र समुदायका न्यून आय तथा असाहाय व्यक्तिको आँखा चेक चाँज तथा परार्मश सेवा प्रदान गरिने जनाइएको छ ।
विकू बचत तथा ऋण सहकारी संस्था लि.का सदस्यहरुलाई लक्षित गरी उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो । चितवन आँखा अस्पताल भरतपुर महानगरपालिका वडा नं १०, चौविसकोटी अस्पताल रोडमा रहेको छ साथै यो सेवा वाईपास रोडमा रहेको चितवन आँखा अस्पताल शाखाबाट पनि लिन सकिने विकू साकोसका प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए ।
यस अघिदेखि नै विकूका सदस्यले नारायणी सामुदायिक अस्पतालमा उपचारमा छुट पाउँदै आएका छन् अहिले चितवन आँखा अस्पतालसँग सम्झौता भएको हो । विकू साकोसले सदस्यलाई बित्तिय र गैरवित्तिय सेवा प्रदान गर्दै आएको छ भने सदस्यहरुको जिवीकोपार्जनमा टेवा पुर्याउन बिभिन्न तालिम पनि प्रदान गर्दै आएको साकोसका अध्यक्ष प्रेमप्रसाद सापकोटा ‘राजु’ ले जानकारी दिए । अहिले विकूमा १ लाख १५ हजार सदस्य छन् ।
अर्थ चाैतारी ।