logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • भूकम्प प्रभावितहरूलाई सहयोग गर्न नेपाल उद्योग परिसंघको अपिल

    भूकम्प प्रभावितहरूलाई सहयोग गर्न नेपाल उद्योग परिसंघको अपिल

    910
    SHARES
    भूकम्प प्रभावितहरूलाई सहयोग गर्न नेपाल उद्योग परिसंघको अपिल

    काठमाण्डौ । शुक्रवार राती जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग परिसंघले दुःख व्यक्त गरेको छ । परिसंघको आइतबार भएको पदाधिकारी बैठकले भूकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।



     

    यस दुखद् घडीमा प्रभावित नागरिकहरुलाई राहत एवं पुनः स्थापनाका लागि आवश्यक सहयोग गर्न सबै सदस्य संस्थाहरु, उद्यमी व्यवसायी एवं व्यवसायिक संघ संस्थाहरुलाई अपिल गरेकाे छ ।

     

     

    भूकम्प प्रभावित नागरिकहरुलाई परिसंघले आफ्नोतर्फबाट सहयोग एवं राहत कार्यलाई निरन्तरता दिईरहेको छ । यसकासाथै, प्रभावित नागरिकहरुको राहत, उपचार एवं पुनः स्थापना कार्यलाई तिब्रताका साथ अगाडि बढाउन नेपाल सरकार समक्ष अनुरोध गरेकाे छ ।

     


    अर्थ चाैतारी
  • आइतबार, १९ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट