logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • जयनगर–बर्दिबास रेलमार्ग : तेस्रो चरणको कामको तयारी

    जयनगर–बर्दिबास रेलमार्ग : तेस्रो चरणको कामको तयारी

    871
    SHARES
    जयनगर–बर्दिबास रेलमार्ग : तेस्रो चरणको कामको तयारी

    काठमाण्डाै । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ ।



    नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल विभागले सूचना जारी गर्दै महोत्तरीको भङ्गहाबाट बर्दिबाससम्म बाँकी रहेको रेलमार्ग निर्माण हुन लागेको जनाएको छ । जारी गरिएको सूचनामा रेलमार्गमा पर्ने जग्गामा लगाइएको बालीनाली मङ्सिर १५ गतेभित्र भित्र्याउन विभागले आग्रह गरेको छ ।

     

    विभागले भङ्गहा (विजलपुरा)–बर्दिबास रेलमार्ग उपखण्ड एवं पूर्वपश्चिम विद्युतीय रेलमार्ग खण्डमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणको काम अन्तिम चरणमा रहेको र सो खण्डमा रेलमार्गको निर्माणकार्य सुरु हुन लागेकाले अधिग्रहण गरिएको जग्गामा लगाइएको बालीनाली भित्र्याउन आग्रह गरेको हो ।

     

    विभागले मङ्सिर १५ गतेपछि पनि बालीनाली लगाएमा त्यसको क्षतिपूर्ति नदिनेसमेत जनाएको छ । भारतको जयनगरबाट महोत्तरीको बर्दिबासम्म रेल सञ्चालन गर्न तीन चरणमा काम भइरहेको छ । पहिलो चरणमा जयनगरबाट कुर्थासम्म, दोस्रो चरणमा कुर्थाबाट भङ्गहासम्म निर्माण पूरा भई रेल सञ्चालनमा आइसकेको छ भने तेस्रो चरणमा भङ्गहाबाट बर्दिबाससम्म निर्माण हुन लागेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २२ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट