logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • अन्तरराष्ट्रिय जलविद्युत संघको उपाध्यक्षमा सुशील पोखरेल निर्वाचित, इप्पानले दियो बधाई

    अन्तरराष्ट्रिय जलविद्युत संघको उपाध्यक्षमा सुशील पोखरेल निर्वाचित, इप्पानले दियो बधाई

    949
    SHARES
    अन्तरराष्ट्रिय जलविद्युत संघको उपाध्यक्षमा सुशील पोखरेल निर्वाचित, इप्पानले दियो बधाई

    काठमाण्डौ । अन्तरराष्ट्रिय जलविद्युत संघ (आईएचए) को उपाध्यक्षमा सुशील पोखरेल निर्वाचित भएका छन् ।



    आईएचएमा नेपालबाट बीजबेल, ऊर्जा डेभलपर र हाइड्रो कन्सल्ट गरी ३ वटा कम्पनीहरु मात्र सदस्य छन् । आईएचएमा सेन्ट्रल एसिया र साउथ एसिया क्षेत्रका नेपाल, भारत, भुटान, बंगलादेश, पकिस्तान, ताजकिस्तानलगायतका २८ देशको प्रतिनिधित्व गरेर आईएचएको बोर्ड उपाध्यक्ष हुने पोखरेल एक्ला व्यक्ति हुन् ।

     

    इप्पानका सल्लाहकारसमेत रहेका पोखरेललाई इप्पानले एक कार्यक्रमका बीच सम्मान पत्र सहित बधाई तथा शुभकामना दिएको छ। एक समारोहका बीच इप्पान अध्यक्ष गणेश कार्कीले पोखरेललाई सम्मानपत्र प्रदान गर्दै नेपालको जलविद्युत क्षेत्रमा विदेशी लगानीकर्ता ल्याउन पोखरेलले अन्तरराष्ट्रिय मञ्चमा पहल गर्ने विश्वास व्यक्त गरे ।

    उता नवनिर्वाचित उपाध्यक्ष पोखरेलले आईएचएको प्लेटफर्म इप्पानका लागि समेत प्रयोग गरेर नेपाललाई अन्तरराष्ट्रिय स्तरमा जलविद्युतलगायतका हरित ऊर्जामा लगानीको लागि गन्तव्य मुलुक बनाउन सक्दो पहल गर्ने बताए ।

    आईएचएको साधारणसभामा नेपालको जलविद्युत लगायतका ऊर्जा क्षेत्रमा लगानीको लागि सहि समय छ भन्ने सन्देश दिएको र नेपालको बारेमा सुन्दा उनीहरु निकै उत्साहित भएको पनि उनले बताए । उनले नेपाल लगानीका लागि राम्रो छ भनेर मात्रै नहुने भन्दै साँच्किै विदेशी लगानीकर्ता ल्याउने हो भने यो यो कारणले नेपाल उत्तृकष्ट छ भनेर जानुपर्ने बताए ।

    आईएचएमा जलविद्युत उत्पादनमा सक्रिए विश्वका १२० वटा देशका जलविद्युत प्रबर्द्धक, उपकरण उत्पादक, कन्सलट्यान्ट लगायत यस क्षेत्रमा सक्रिय विभिन्न कम्पनीहरु सदस्य रहन्छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट