logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • लालुपाते सहकारीको बचत रकम ठगी मुद्दामा सौर्य एयरलायन्सका क्याप्टेन जोशीसहित चारजना जेल चलान

    लालुपाते सहकारीको बचत रकम ठगी मुद्दामा सौर्य एयरलायन्सका क्याप्टेन जोशीसहित चारजना जेल चलान

    793
    SHARES
    लालुपाते सहकारीको बचत रकम ठगी मुद्दामा सौर्य एयरलायन्सका क्याप्टेन जोशीसहित चारजना जेल चलान

    काठमाण्डौ । खोटाङस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी मुद्दामा सौर्य एयरलायन्सका क्याप्टेन सुनिल जोशीसहित चारजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।



     

    खोटाङ जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु गिरीको आदेशमा क्याप्टेन सुनिलसहित उनकी पत्नी रविना जोशी (श्रेष्ठ), प्रबन्धक रुकु जोशी र ऋणी जसुदा पौडेल बिहीबार साँझ जेल चलान भएका हुन्। क्याप्टेन सुनिल सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीका सहोदर भाइ हुन्। अनिलको भने मृत्यु भइसकेको छ।

    सुनिल र उनकी श्रीमती रविनालाई गत असोज १३ गते तथा प्रबन्धक जोशीलाई सोही महिनाको १७ गते काठमाडौँबाट प्रहरीले पक्राउ गरेको थियो। तत्कालीन अध्यक्ष जोशीको निधनपछि २०७८ वैशाख–१६ गतेदेखि उक्त सहकारी बन्द छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २२ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट