logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • लोक सेवामा खुल्यो २७३ को लागि जागिर, न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ कर्मचारी माग

    लोक सेवामा खुल्यो २७३ को लागि जागिर, न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ कर्मचारी माग

    1.5K
    SHARES
    लोक सेवामा खुल्यो २७३ को लागि जागिर, न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ कर्मचारी माग

    काठमाण्डौ । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी पदका लागि २७३ जना कर्मचारी माग गरेको छ।



    आयोगले बुधबार सूचना प्रकाशित गरी न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नेगरी २७३ जना कर्मचारी माग गरेको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आयोगले सूचित गरेको छ। इच्छुक र योग्यता पुगेका व्यक्तिले आगामी पुस १७ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ।

    राजपत्रांकित तृतीय श्रेणीको न्याय सेवातर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखापरीक्षणतर्फ २०३ जना र मानवअधिकार सेवातर्फ २ जना कर्मचारी माग गरिएको आयोगले जनाएको छ। सूचनाअनुसार दुई चरणमा हुने परीक्षामा लिखित, सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता हुनेछ। उम्मेदवारहरूले आयोगको वेभसाइटबाट पनि दरखास्त दिन सक्नेछन्।

    हेर्नुहोस् सूचना


    अर्थ चाैतारी
  • बुधबार, २७ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट